नवलपुर । निजी तथा आवाशिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) का केन्द्रीय सदस्यमा राजेन्द्र पौडेललाई नवलपुरमा स्वागत तथा सम्मान गरिएको छ ।जिल्लाको गैँडाकोट नगरपालिका वडा नं. ११ हर्कपुरमा रहेको मुकुन्दसेन ईङलिस बोडिङ स्कुल ब्यवस्थापन समितिले केन्द्रीय सदस्य पौडेललाई खादा अविर तथा मायाको चिनो मार्फत स्वागत तथा सम्मान गरेको हो ।

गैँडाकोट नगरपालिका वडा नं. ११ का अध्यक्ष गोविन्द सुवेदीको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तोयानाथ पौडेलको सभापतित्वमा भएको स्वागत तथा सम्मान कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं. १० का अध्यक्ष देवीदत्त कंडेल, वडा नं. १३ का अध्यक्ष पदम पौडल, स्कुल अभिभावक संघका अध्यक्ष गुरुदत्त सुवेदी, स्कुलका सहायक प्रचार्य मोहदत्त ढुँगाना लगायतले बोल्नुभएको थियो ।

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्याव्सनका नवनिर्वाचित केन्द्रीय सदस्य पौडेलले निजि स्कुलहरुका थुप्रै समस्याहरु रहेको भन्दै त्यसलाई समधान तर्फ लैजान प्याव्सनको सिगों टिमसँग मिलेर काम गर्ने बताउनुभयो ।उहाँले अधिवेशनको समयमा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरुले दिएको हौसला र सुभेच्छा प्रति आभार प्रकट गर्नुभयो ।

तपाईको प्रतिक्रिया