×

गैँडाकोट । भारतीय ट्रकको ठक्करबाट गैँडाकोटमा एकजनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ८ ग्लोब्ल बैंक नजिकै युपी ९३ बी टी ४७४५ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा एक साईकल यात्रीको मृत्यु भएको हो ।

अन्दाजी ५२ बर्षीय पुरुषको परिचय खुल्न सकेको छैन । ट्रकको ठक्करबाट गम्भिर घाईते भएका पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।साईकल यात्रीलाई ठक्करदिने सवारी र चालकलाई ईलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया