गैँडाकोट।नवलपुरको गैँडाकोटमा रहेको गैँडाकोट ईङलिस स्कुलको आयोजनामा मुख तथा दाँतको निशुल्क शिविर आज हुँदैछ । गैँडाकोट नगरपालिका वडा नं.२ शिलान्यासचोक स्थित स्कुलको नयाँ भवनमा निशुल्क मुख तथा दाँतको शिविरको आयोजना गरिएको गैँडाकोट ईङलिस स्कुलले जनाएको छ ।

स्कुलका प्राचार्य हिरालाल अर्यालले रोटरी क्लव अफ गैँडाकोटको सहकार्य तथा भरतपुर सामुदायिक अस्पतालको प्रावधिक सहयोगमा विहान ११ बजेदेखि दिउसो २ बजेसम्म शिविरको आयोजना गरिएको बताउनुभयो ।

गैँडाकोट ईङलिस स्कुुलको चाहना स्वस्थ समाजको स्थापना भन्ने उदेश्यका साथ शिविरको आयोजना गरिएको भन्दै शिविर मार्फत लाभ लिन सबैलाई उहाँले आग्रह गर्नुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत गैँडाकोट ईङलिस स्कुलले समयसमयमा समाजसँग प्रतक्ष्य जोडिएका विषयमा रहेर गतिविधिहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया