सुस्मा न्याैपाने 

गैँडाकोट । नवलपरासी(पूर्व)को गैँडाकोट नगरपालिकाले नगरको वडा नं. ६, ७ र ९ का ५० जना कृषकहरुलाई स्प्रे टंकी वितरण गरेको छ। तीनवटा वडाका ५० जना कृषकहरुलाई मंगलबार एक कार्यक्रमका विच स्प्रे टंकी वितरण गरिएको गैँडाकोट नगरपालिका कृषि शाखाले जनाएकाे छ ।

गैँडाकोट नगरपालिका परिसरमा आयोजित स्प्रे टंकी वितरण कार्यक्रममा नगरप्रमुख छत्रराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल र कृषि शाखाका प्रमुख राजु प्रसाद शर्माले कृषकहरुलाई स्प्रे टंकी वितरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले मकै उत्पादन गर्ने कृषकहरुको सुविधालाई ध्यानमा राख्दै नगरपालिकाले मकै कोशेली घर निर्माणको प्रकृया थालनी गरेकाे बताउनुभयो ।

कृषि शाखाका प्रमुख राजु प्रसाद शर्माले संघीय सरकारको सर्सत अनुदानको मकै उत्पादन प्रर्वद्धन कार्यक्रम अन्तर्गत  गैँडाकोट नगरपालिका भित्रका ६,७ र ९ का कृषकहरुलाई स्प्रे टंकी वितरण गरिएको भन्दै आगामी दिनमा सबैलाई पालैपालो समेटेर अघि बढ्ने योजना रहेको बताउनुभयो ।विषादी छर्नका लागि प्रयोग हुने १६ लिटर क्षमताको स्प्रे टंकीका लागि कृषकहरुका लागि नगरपालिकाले  लागतकाे पचास प्रतिशत रकम सहयोग गरेको हो ।

तपाईको प्रतिक्रिया