×

गैँडाकोट ।नेकपा माओवादी(केन्द्र)का नवलपुरका नेता वेद प्रसाद चालिसे नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा माओबादी (केन्द्र) नवलपुरका सचिवालय सदस्य चालिसे आज विहान गैँडाकोटमा आयोजित कार्यक्रम मार्फत एमालेमा प्रवेश गर्नुभएको हो।नेकपा एमाले गैँडाकोट नगरकमिटीको पार्टि कार्यालयमा नेकपा एमालेका जिल्ला स्तरीय नेताहरुले उहाँलाई पार्टि प्रवेश गराउँदै एमालेमा स्वागत गरेका थिए ।

नेकपा माओवादीका पूर्व जिल्ला कमिटी सदस्य समेत रहेका चालिसे वाईसीएलका गैँडाकोटका सँस्थापक ईन्चार्ज समेत हुनुहुन्थ्यो । स्थानीय निकायको निर्वाचन नजिकिँदै जाँदा गैँडाकोट नगरपालिका वडा नं. ९ निवासी चालिसेको एमाले प्रवेशले पार्टिलाई थप बलियो बनाएको छ ।

तपाईको प्रतिक्रिया