गोविन्द घिमिरे
गैँडाकोट । मिलनटोल महिला समूह गैँडाकोट १ को आयोजनामा भएको अन्तर महिला टोल स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सृजनशिल टोल महिला समूह प्रथम भएको छ । वडा नं. १ भित्र रहेका १० वटा टोल अन्र्तगतका महिला समूहहरु सहभागि भएको हाजिरीजवाफ प्रतियोगितामा सृजनशिल टोल महिला समूह प्रथम स्थानमा आउन सफल भएको हो ।

प्रतियोगितामा जौजुवा टोल महिला समूह दोस्रो र प्रगती टोल महिला समूहले तेस्रो स्थान हात पारे ।प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गरेका समूहलाई क्रमश ३०००, २००० र १०००का पुरस्कार वितरण गरिएको मिलनटोल महिला समूह साँस्कृतिक समुहकी सदस्य सिता अधिकारीले जानकारी दिनुभयो । हाजिरीजवाफ प्रतियोगितामा  सहभागी अन्य चार समूहलाई सान्त्वना पुरस्कार स्वरुप प्रति समूह रु. ५०० पुरस्कार दिइएको उहाँले बताउनुभयो ।

मिलनटोल महिला समूहका अध्यक्ष सरिता ढकाल (कोइराला) को सभापतित्वमा भएको कार्यक्रममा सरस्वती निकेतन स्कुलका प्रचार्य भरतबाबु कंडेल प्रमुख अतिथि, वडा अध्यक्ष हरिप्रसाद सापकोटा विशिष्ट अतिथि र मिलन टोल विकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद कोईराला अतिथिको रुपमा रहनुभएको थियो ।आजभन्दा चारवर्ष अघि स्थापना भएको मिलनटोल महिला समूहमा १३५ जना महिला दिदिवहिनिहरु आवद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया