×

नवलपुर विशेष

बालिका बलात्कार गरेको कसुरमा गैडाकोटका ५२ वर्षीय तामाङलाई १८ बर्ष कैदको फैसला

बालिका बलात्कार गरेको कसुरमा गैडाकोटका ५२ वर्षीय तामाङलाई  १८ बर्ष कैदको फैसला
गैँडाकाेट ।  १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अदालतले गैँडाकोट नगरपालिका–७ का ५२ वर्षीय बुद्धिबहादुर तामाङलाई १८ वर्ष कैद र ६ लाख रुपैया जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको भदौ ३१ गतेको इजलासले तामाङलाई कसुर ठहर गर्दै १८ वर्ष कैद र ६ लाख रुपियाँ जरिबानाको फैसला गरेको हो । तामाङले ०७७ पुस २५ गते एक बालिकालाई बलात्कार गरेको भन्दै ०७७ चैत २९ गते इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी दर्ता भएको थियो ।प्...

मुग्लिनको पुलबाट हाम फालेर २७ बर्षीय निराजन बेपत्ता

मुग्लिनको पुलबाट हाम फालेर २७ बर्षीय निराजन बेपत्ता
चितवन । चितवनको मुग्लिन पुलबाट हाम फालेर एक युवा वेपत्ता भएका छन् । आज (शुक्रबार) साँझ ५ः३० बजेको समयमा एक युवाले हाम फालेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बागमती प्रदेश ०२–०३१ प ५२५४ नम्बरको मोटरसाइकलमा आएका युवाले झोला मोटरसाइकल माथि राखेर पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् । झोलामा फेला परेको लाइसेन्सका आधारमा युवा दोलखा जिल्ला गैरिमुडी ९ का निराजन घिमिरे रहेको प्रहरीले जनाएको छ । वेपत्ता युवाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले ...

राजस्व कार्यालय कावासोतीद्धारा २ महिनामै ४ अर्व ३१ करोड राजस्व संकलन

राजस्व कार्यालय कावासोतीद्धारा २ महिनामै ४ अर्व ३१ करोड राजस्व संकलन
नवलपुर । आन्तरिक राजस्व कार्यालय कावासोती नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा ४ अर्व ३१ करोड ११ लाख राजस्व संकलन गरेको छ । साउन र भदौ महिनामा ३ अर्ब ८३ करोड १६ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ४ अर्व ३१ करोड ११ लाख राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय कावासोतीका प्रमुख कर अधिकृत ज्ञानहरी पन्थीले उज्यालो खबरलाइ जानकारी दिनुभयो । उहाँका अनुसार सो रकम कार्यालयको लक्ष्यभन्दा ११२.५१ प्रतिशत बढी हो । कार्यालयले आयकर शीर्षकमा...

नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता

नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता
गैँडाकोट । चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । विहिवार साँझ साढे ६ वजे नदीको पुलबाट हाम फालेर अन्दाजी ४० वर्षका पुरुष वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्कुटरमा आएका उनि स्कुटरलाई पुलकै छेउमा राखेर नदीमा हाम फालेको बताइएको छ ।  प्रदेश ३-०२-००२ प ९१३६ नम्बरकाे सिल्भर रङकाे अभिटर स्कुटर उनले पुलमै छाडेकाे प्रहरीले जनाएकाे छ । स्कुटरसँगै चप्पल समेत भेटिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको चितवन प्रहरील...

मैले प्रचण्डलाई अँगालो मारें, उनले ग्वाम्म छुरी रोपेः ओली

मैले प्रचण्डलाई अँगालो मारें, उनले ग्वाम्म छुरी रोपेः ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपामा छँदा पुष्पकमल दाहाल प्रचण्डले आफूलाई घात गरेको टिप्पणी गरेका छन्। माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीको साधारण सदस्यबाट समेत निकालेको स्मरण गर्दै यस्तो बताएका हुन्। ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ एकतावद्ध भएर अगाडि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ।’ ओलीले भने, ‘मैले प्रचण्डलाई ...

नवलपरासीका मतदाता भन्छन ; विकासका लागि निर्विकल्प विनोद चौधरी

नवलपरासीका मतदाता भन्छन ;  विकासका लागि निर्विकल्प विनोद चौधरी
नवलपरासी । पाँच वर्षपछि आम निर्वाचन हाम्रो सामुन्नेमा छ । राजनीतिक दलहरू उम्मेदवार चयनमा जुटेका छन् । नवलपरासी (पश्चिम)  निर्वाचन क्षेत्र नम्बर १ को मतदाता र एक सचेत नागरिकको हैसियतले व्यक्तिगत चासो आफ्नै निर्वाचन क्षेत्रप्रति छ । र, बितेका कयौं वर्षहरूमा जस्तै यसपटक पनि यहाँका मतदाताको भाग्यमाथि खेलबाड नगरियोस् भन्नका लागि स्तम्भकारको जस्तै चासो धेरैभन्दा धेरै मतदाताको हुनुपर्छ भन्ने आग्रह पनि छ । किनभने यो क्षेत्र सारा बाहिरी दुनियाँका लागि सुगम छ, सम्पन्न छ । तर हाम्रा ...

कांग्रेस नेता विनोद चौधरीको उम्मेदवारीले नवलपरासीमा उत्साह

कांग्रेस नेता विनोद चौधरीको उम्मेदवारीले नवलपरासीमा उत्साह
नवलपुर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विनोद चौधरीको उम्मेदवारीले नवलपरासी क्षेत्र नं. १ मा उत्साह थपिएको छ ।कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नवलपरासी–१ बाट नेता चौधरीको नाम सिफारिस भएपछि मतदाता उत्साहित भएका हुन् । पूर्वमन्त्री हृयदेश त्रिपाठीले पाँच पटक निर्वाचन जितेको नवलपरासी–१ बाट कांग्रेसले चौधरीलाई अगाडि सार्ने तयारी गरेको हो । त्रिपाठीलाई पटक÷पटक निर्वाचन जिताउँदा पनि विकास हुन नसकेको स्थानीयको निष्कर्ष छ ।उद्योगपति चौधरीका कार...

नारायणगढ – बुटवल सडक निर्माणमा ढिलाइ भएपछि गैँडाकोटमा विरोध प्रर्दशन

नारायणगढ – बुटवल सडक निर्माणमा ढिलाइ भएपछि गैँडाकोटमा विरोध प्रर्दशन
गैँडाकोट । नारायणगढ- बुटवल सडक खण्ड निर्माणको नाममा ठेकेदार पक्षले ढिलाई गरेको भन्दै नवलपुरमा स्थानीयहरु सडकमा आएका छन् । चाडोभन्दा चाडो सडक निर्माणको कामलाई अघि बढाउन भन्दै स्थानीयले आज राजमार्गमा विरोध प्रर्दशन समेत गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिकाको भेडाबारीमा उनिहरुले सडक निर्माणको कामलाई तिव्रताका साथ अघि बढाउन आग्रह गर्दै प्ले कार्ड सहित नारावाजी समेत गरे । सडकको अवस्था भद्रगोल भएको, धुलो र खाडलले गर्दा यात्रामा समस्या आएको भन्दै तत्काल सडक मर्मत गर्न उनिहरुले...

डेङ्गीको सङ्क्रमण देशभर फैलियो, ज्यान गुमाउने पाँचमध्ये दुई जनामा अन्य रोगसमेत पुष्टि

डेङ्गीको सङ्क्रमण देशभर फैलियो, ज्यान गुमाउने पाँचमध्ये दुई जनामा अन्य रोगसमेत पुष्टि
काठमाण्डौ ।  डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । ७७ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म देशभरका ८ हजार ३ सय जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ । डेङ्गीको सङ्क्रमणका कारण सात जनाको ज्यान गएको सूचना प्राप्त भए पनि पाँच जनाको मात्रै पुष्टि भएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो । उहाँका अनुसार डेङ्गी सङ्क्रमण भएर ज्यान गुमाएका पाँचमध्ये दुई जनामा अन्य कडा खालका रो...