चितवन । पूर्वी चितवनको भानुचोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका १० भानुचोकस्थित पूर्वपश्चिम राजमार्गमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ट्याङ्करले रोकिराखेको ना ३५ प ८७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापा घर भई हाल हेटौंडा बस्दै आएका सुमन लुइँटेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी रविनबाबु रेग्मीले जानकारी दिए ।

उनी आफन्तको घर गैंडाकोट जाँदै थिए । शवलाई अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । ठक्कर दिने ट्याङ्कर र चालक प्रहरीको नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया