गैँडाकोट । मिलनटोल महिला समूह गैँडाकोट १ ले आयोजना गरेको टोल स्तरीय देउसीभैलो प्रतियोगितामा प्रगतिटोल महिला समूह प्रथम भएको छ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा आयोजित टोलस्तरीय देउसीभैलो प्रतियोगितामा प्रगतिटोल महिला समूह प्रथम भएको आयोजक मिलनटोल महिला समूहका अध्यक्ष सरिता कोइराला (ढकालले) जानकारी दिनुभयो ।

प्रतियोगितामा मौलाकालिका टोल महिला समूह, श्रीनगर श्रृजनशिल टोल महिला समूह र शुभटोल महिला समूहले क्रमशः द्धितीय तृतीय र सान्त्वना स्थान प्राप्त गरे । प्रथम हुने समूहले  नगद ८ हजार, द्धितीय हुने समूहले  ६ हजार, तितृय हुने समूहले  ४ हजार र सान्त्वना स्थान हाँसिल गर्ने समूहले  २ हजार रुपैँया प्राप्त गरे ।

कुल आठवटा समूह सहभागि भएको देउसीभैलो प्रतियोगिातको निर्णायकहरुमा कलाकार दिपक खड्का, मुना धनन्जय र ढक बहादुर कार्की रहनुभएको थियो । कला र सँस्कृतिको जर्गेना गर्ने उदेश्यले आयोजित देउसीभैलाको प्रतियोगितामा सहभागीहरुलाई १० मिनेटको समयावधी उपलव्ध गराइएको थियो ।

मिलनटोल महिला समूहका अध्यक्ष सरिता कोईराला (ढकाल) को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गैँडाकोट वडा नं. १ का अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी रहनुभएको थियो । संविधानसभा सदस्य कृष्णप्रसाद पौडेल, वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, पूर्व वडाअध्यक्ष हरिप्रसाद सापकोटा, वडा सदस्य सिता सापकोटा लगायतले बाेल्नु भएकाे थियाे ।

कार्यक्रममा मिलनटाेल महिला समूहका उपाध्यक्ष कृष्ण कुमारी भट्टराइले  सहभागीहरुलाई स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने सहकाेषाध्यक्ष जमुना लम्सालले कार्यक्रमकाे संचालन गर्नुभएकाे थियाे । वि.स. २०७५ सालमा स्थापना भएको मिलनटोल महिला समूहमा १६५ जना महिलाहरु आवद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया