×

गैँडाकोट । १० वर्षअघि आफ्नै हजुरआमा र काकीको हत्या गरि जेल सँजाय भोगेर गत महिना मात्रै कारागारबाट निस्केका गैँडाकोटका एक युवकले फेरि आफ्नै साथीको हत्या गरेका छन् ।गैँडाकोट नगरपालिका वडा नं. ७ टोलटोले स्थायी घर भएका ३४ वर्षका शुरेस कुमालले चितवनको माडी नगरपालिका वडा नं. ४ सितलपुरका ३४ वर्षका जिवन नेपालीको गएराति हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

विगत २ महिनादेखि नेपालीको घरमा बस्दै आएका कुमालले राति घरमा कोहिपनि नभएको मौका छोपेर जिवनको हत्या गरेका हुन् ।खुकरीले घाँटी रेटेर हत्या गरि फरार भएका कुमाललाई विहान सवा ५ वजे माडी नगरपालिका वडा नं. ३ बसन्तपुर स्थित भित्री सडक खण्डमा संकास्पद तवरले लुकी छिपी हिडिरहेको अवस्थामा कुमाललाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।

सुरेश र जीवनको भेट भीमफेदी कारागारमा भएको थियो । उनीहरू कारागारमा मिल्ने दोस्ती भएका थिए । केही महिना अगाडि मात्रै छुटेका जीवनलाई खोज्दै गत असोज ३ गते छुटेका सुरेश गैंडाकोटबाट माडी पुगेका थिए ।माडीमा जीवनको दाइको फर्निचर उद्योगमा दुबै जना काम गर्दथे ।

जीवनको दुई विघा जग्गामा खेती लगाउन पनि सुरेशले सघाउँदै आएको प्रहरीको भनाई छ । तर, उनीहरुबीच पछिल्लो समयमा खाना पकाउने र खाने विषयमा झैझगडा हुने, राति मदिरा सेवन गर्ने क्रम चलेको थियो ।तिहारको टीका लगाउन जीवनकी पत्नी माइत गएपछि जीवन र सुरेश मात्रै घरमा थिए । जीवनका दाइहरुसमेत कोही नभएको मौका पारेर सुरेशले उनको हत्या गरेको प्रहरीको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया