×

नवलपुर विशेष

फोटो पत्रकार महासंघ नवलपुरमा अध्यक्षमा पुनः नविन पौडेलको नेतृत्व

फोटो पत्रकार महासंघ नवलपुरमा अध्यक्षमा पुनः नविन पौडेलको नेतृत्व
गैँडाकोट । फोटो पत्रकार महासंघ नवलपुरको अध्यक्षमा पुनः नविन पौडेल निर्वाचित भएका छन् । जिल्लाको कावासोतीमा आज आयोजित विशेष भेलाले आगामी तीनवर्षका लागि पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।खुल्ला उपाध्यक्षमा दयाराम अचार्य महिला उपाध्यक्षमा कल्पना कुवंर, सचिवमा धनु भुसाल, कोषाध्यक्षमा राजु चापागाइ र सहसचविमा मिना कंडेल चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष पौडेलले फोटो पत्रकार महासंघमा क्रमशः सबैलाई समेट्दै जाने बताए, सबै पत्रकारहरुको अपनत्व हुने गरि हाम...

नवलपुर एकमा राप्रपाबाट बिक्रम पाण्डेको एकल नाम सिफारिस

नवलपुर एकमा राप्रपाबाट बिक्रम पाण्डेको एकल नाम सिफारिस
नवलपुर । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  ले नवलपुर क्षेत्र नं १ बाट विक्रम पाण्डेको एकल नाम सिफारिस गरेको छ । शनिबार राप्रपा नवलपुर पदाधिकारीहरु बीचको बैठकले आउँदो निर्वाचनका लागि प्रतिनिधि सभा १ बाट विक्रम पाण्डे र २ बाट विष्णु प्रसाद अधिकारीको नाम सिफारिस गरेको छ । यसैगरि प्रत्यक्ष तर्फ प्रदेश सभा १ “क” मा सन्तोष थापा, १ “ख” बाट निलकण्ठ काफ्ले, केशव चौलागाई, शेरबहादुर केसीको नाम सिफारिस गरेको छ । यस्तै प्रदेश सभा २ को “क”बाट...

अक्स्फोर्ड कलेज पढेका युवाहरुद्धारा चितवनमा ‘स्मार्ट स्वीच’ उत्पादन

अक्स्फोर्ड कलेज पढेका  युवाहरुद्धारा  चितवनमा ‘स्मार्ट स्वीच’ उत्पादन
गैँडाकाेट । नवलपुरको गैँडाकोटमा अवस्थित अक्स्फोर्ड कलेजबाट बीई इलेक्ट्रिकल इञ्जीनियरिङ पढेका तीन युवाले विद्युत्को डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन सुरु गरेका हुन् । स्वीचलाई विभिन्न तीनवटा माध्यमबाट नियन्त्रण गर्न सकिने गरी प्रविधि विकास गरिएको सञ्चालक जीवन दबाडीले बताउनुभयो । डिजिटल स्मार्ट स्वीचलाई औँलाले छोएर, रिमोर्टबाट तथा मोबाइल एप्समार्फत विद्युतीय उपकरणको सञ्चालन तथा बन्द गर्न सकिने उहाँको भनाइ छ । एडभान्सटेक इन्डस्ट्रिज प्रालिमार्फत ती युवाले डिजिटल स्मार्ट स...

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु
काठमान्डौ ।  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २:१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदा...

नारायणगढ-बुटवल सडकको काम दशैँ पछि मात्रै सुरु हुने

नारायणगढ-बुटवल सडकको काम दशैँ पछि मात्रै सुरु हुने
गैँडाकाेट । चार लेनमा विस्तारको क्रममा रहेको नारायणगढ-बुटवल सडकको काम आउँदो दशैँ लगत्तै फेरि सुरु हुने भएको छ । आयोजनाको पहिलो ठेक्का सम्झौता अवधि सकिएपछि पुनः एक वर्ष म्याद थप गरिएको छ । तर म्याद थप भए पनि असोजपछि मात्रै निर्माण कम्पनीले काम गर्ने मनशाय बनाएको नारायणगढ-बुटवल सडक विस्तार आयोजना प्रमुख रमेशकुमार दिष्टीले बताउनुभयो । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले अहिले आयोजनामा कामदार परिचालन गरेको छैन । आयोजना प्रमुख दिष्टीले भन्नुभ...

सरस्वती निकेतनमा शैक्षिक प्रर्दशनी ( फोटो फिचर )

सरस्वती निकेतनमा शैक्षिक प्रर्दशनी ( फोटो फिचर )
नवलपुर । नवलपुरको गैँडाकोटमा रहेको सरस्वती निकेतन स्कुल अफ साईन्स एण्ड मेनेजमेन्टले शुक्रबार विद्यालयमा एजुकेशन फेयर २०७९ सम्पन्न गरेको छ । नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थिहरु शैक्षिक प्रर्दशनीमा सहभागि रहेका थिए । विद्यालयका कक्षा १ का विद्यार्थिहरुले विभिन्न जातजातिका भेषभुषा प्रदर्शन गरेका थिए भने कक्षा ५, ६ र ७ का विद्यार्थीहरुले महिनावारी सम्बन्धि चेतना मूलक नाटक प्रदर्शन गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक समिर सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा नवलप...

मदन भण्डारी सेभेन ए साईड नक आउट फुटवल प्रतियोगिता आजदेखि सुरु हुँदै

मदन भण्डारी सेभेन ए साईड नक आउट फुटवल प्रतियोगिता आजदेखि सुरु हुँदै
गैँडाकोट ।नवलपुरमाआजदेखि सर्वाधिक राशीको मदन भण्डारी सेभेन ए साईड नक आउट फुटवल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी गैँडाकोटले आजदेखि गैँडाकोट नगरपालिका वडा नं. ६ मा रहको भाग्योदय खेलमैदानमा प्रतियोगिताको आयोजना गर्न लागेको बिहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय १ १ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रोले ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक मदन भण्डारी स्पो...

गैँडाकोटमा भोलिदेखि मदन भण्डारी सेभेन ए साईड नक आउट फुटवल प्रतियोगिता हुने

गैँडाकोटमा भोलिदेखि मदन भण्डारी सेभेन ए साईड नक आउट फुटवल प्रतियोगिता हुने
गैँडाकोट ।नवलपुरमा भोलि (शुक्रबार) देखि सर्वाधिक राशीको मदन भण्डारी सेभेन ए साईड नक आउट फुटवल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी गैँडाकोटले भोलिदेखि गैँडाकोट नगरपालिका वडा नं. ६ मा रहको भाग्योदय खेलमैदानमा प्रतियोगिताको आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय १ १ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रोले ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक मदन ...

स्वास्थ्यको बार्षिक समिक्षा : सात पालिकालाई उछिन्दै बुलिङटार बन्याे पहिलाे !

स्वास्थ्यको बार्षिक समिक्षा : सात पालिकालाई उछिन्दै बुलिङटार बन्याे पहिलाे !
गैँडाकोट । खोप कार्यक्रम, परिवार नियोजन कार्यक्रम, सुरक्षित मातृत्व लगायत विभिन्न ३५ वटा सूचकहरुमा अब्बल ठहरिदै बुलिङटार गाउँपालिका स्वास्थ्यको क्षेत्रमा नवलपुरकै उत्कृष्ट गाउँपालिकाको रुपमा देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आव २०७८/७९ को बार्षिक समिक्षा कार्यक्रममा बुलिङटार गाउँपालिका प्रदेशको (११) औ  र जिल्लाको प्रथम स्थानमा देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाइले भुगोलका हिसावले ...