×

नवलपुर विशेष

नवलपुर एमाले र युवासंघको एउटै स्वर : माओवादीको विज्ञेप्ती आपत्तीजनक

नवलपुर एमाले र युवासंघको एउटै स्वर : माओवादीको विज्ञेप्ती आपत्तीजनक
गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले नवलपुर र राष्टिय युवासंघ नेपाल नवलपुरले अलग अलग विज्ञेप्ती जारी गर्दै माओवादी केन्द्रले हिजो जारी गरेको विज्ञेप्ती प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।एमाले र एमालेका कार्यकर्ताको नाम जाडेर जारी गरिएको विज्ञेप्तीमा भएका शव्दहरु प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञेप्तीमा प्रयोग गरिएका शव्दहरु आपत्तीजनक रहेको भन्दै एमाले नवलपुर र राष्टिय युवासंघ नवलपुरले घोर भ्रत्सना गरेका छन् ।नेकपा एमाले नवलपुरका कार्यालय सचिव भिमला...

नवलपुर १ का स्वतन्त्र उम्मेदवार चित्रध्वज जिसीकाे चुनाव चिन्ह क्रस खुकुरी

नवलपुर १ का स्वतन्त्र उम्मेदवार चित्रध्वज जिसीकाे चुनाव चिन्ह क्रस खुकुरी
नवलपुर । नवलपुर  क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका चित्रध्वज जिसीले क्रस खुकुरी  चुनाव चिन्ह पाएका छन् । उनलाई निर्वाचन आयोगले आज क्रस खुकुरी  चुनाव चिन्ह प्रदान गरेको हो ।सत्तारुढ गठबन्धनको भागवण्डामा नवलपुर–१ नेपाली काँग्रेसकाे  भागमा परेपछि कांग्रेसै नेता जिसीले उम्मेदवारी दिएका हुन् ।उनकाे उम्मेदवारी फिर्ताका लागि चाैतर्फि दवाव आएकाे भएपनि आफ्नाे अडानमा कायम रहँदै जिसीले उम्मेदवारी फिर्ता लिएनन् । प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका  जि...

नवलपुरका माओवादी नेता बालकृष्ण शर्मा (गैरे) घाइते

नवलपुरका माओवादी नेता बालकृष्ण शर्मा (गैरे) घाइते
कावासोती । उम्मेदवारी फिर्ता लिन मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोती पुगेका नवलपुर २ का गठबन्धन तर्फका उम्मेदवार बालकृष्ण शर्मा (गैरे) घाइते भएका छन् । तोकिएको समयभन्दा १५ मिनेट ढिलागरि मुख्यनिर्वाचन अधिकृतको कार्यालय पुगेका उनलाई कार्यालय बाहिर रहेको समुहले रोक्न खोज्दा घाइते भएको बुझिएको छ । यस बारेमा थप विवरण आउन बाकि छ ।

दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध

दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध
काठमाडौं । मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।सो क्षेत्रबाट उम्मेदवार दिएका अर्का उम्मेदवार दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका हुन् । निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ । दोर्जे पनि स्वतन्त्र उम्मेदवार थिए । नेकपा एमालेलाई आफ्नो समर्थन रहेको भन्दै मनाङेले एमाले नेताहरु पोल्देन छोपाङ गुरुङसँग त...

कृष्ण पौडेलको उम्मेदवारीले उत्साह छाएको छ : अखिल गैँडाकोट

कृष्ण पौडेलको उम्मेदवारीले उत्साह छाएको छ :  अखिल गैँडाकोट
गैँडाकोट । अनेरास्ववियु गैँडाकोटले नवलपुर क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा कृष्ण पौडेलको उम्मेदवारीले उत्साहित भएको बताएको छ । स्थानीय नेताको उम्मेदवारीले अखिल उत्साहित भएको भन्दै मंसिर ४ गतेको निर्वाचनलाई ध्यानमा राख्दै आन्तरिक आन्तरिक तयारी सुरु गरिएको उसको भनाइ छ । नवलपुरको गैँडाकोटमा आज साँझ आयोजित उम्मेदवारसँगको भेटघाट कार्यक्रममा अखिलका नगरअध्यक्ष मनिष अधिकारीले युवा विद्यार्थीहरु पौडेलेको उम्मेदवारीले निकै उत्साहित भएको बताए ।यहि स्थानमा स्थायी बसोबास गर्ने नेत...

बस्ती छिरेर सताउने बाघ चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा

बस्ती छिरेर सताउने बाघ चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा
भरतपुर । मानवबस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले माडी नगरपालिका–२ सितलपुरबाट सोमबार राति १० बजे बाघ नियन्त्रणमा लिएको हो । उक्त बाघले असोज २३ गते स्थानीय उमनाथ पौडेलको गोठमा बाँधेको पाडो मारेको थियो । बाघ पुनः सोही क्षेत्रमा आएपछि डार्ट गरेर नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । उहाँले एक महिनादेखि बाघ पटक–पटक गाउँमा पसेका कारण नियन्त्रणमा लिनुपरेको बताउनुभयो । ...

इजलासमा सन्दीपको दाबी :जाहेरवाला नाबालिग होइनन्

इजलासमा सन्दीपको दाबी :जाहेरवाला नाबालिग होइनन्
काठमाडौं । प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् ।२० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधेका थिए । त्यसक्रममा लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेका छन् । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘जाहेरवालीले म १९ वर्षको भएँ भनेकी इजलास समक्ष राख्नु...

नवलपुरमा सशांक सँग भिड्ने एमालेका जबरजस्त नेता कृष्ण पौडेल को हुन ?

नवलपुरमा सशांक सँग भिड्ने एमालेका जबरजस्त नेता कृष्ण पौडेल को हुन ?
यतिबेला देश आगामी मंसिर ४ गते हुने प्रदेश तथा स्थानीय तहको निर्वाचनले तातेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको राज्यव्यवस्था सञ्चालनका लागी दोस्रो पटक देशमा निर्वाचन हुदैछ । २०७२ सालमा संविधान सभा बाट नेपालको संविधान जारी भए सँगै देशले मूल कानून संविधान पाएको छ र सोहि व्यवस्थालाइ संस्थागत गर्दे समाजवाद तर्फ देश उन्मुख भइरहेको वर्तमान अवस्थालाइ अघि बढाउदै मुलुक निर्वाचनका लागी अघि बढिरहेको छ । बर्तमान अवस्थामा नेपाली राजनैतिक दल , स्वतन्त्र उम्मेदवारहरु चुनावी मै...

सशांक कोइराला फेरी नवलपुरबाटै चुनाव लड्ने

सशांक कोइराला फेरी नवलपुरबाटै चुनाव लड्ने
गैँडाकोट । मंसिर ४ गते हुने निर्वाचनमा नवलपुर क्षेत्र नं. १ बाट नेपाली काँग्रेसले डा. शसाकं कोइरालालाई उमेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसले कोइरालालाई प्रतिनिधि सभाको उमेदवार बनाउने निर्णय गरेको हो । नवलपुर क्षेत्र नं. १ बाट यसअघि लगातार चुनाव जित्दै आएका विपी पुत्र कोइरालालाई यो पटक पनि काँग्रेसले अवसर दिएको हो । उमेदवारी मनोनयन गर्न भोलि विहान डा. कोईराला नवलपुर आउन लागेको स्रोतले उज्यालो खबरलाई बतायो ।