×

नवलपुर विशेष

स्वास्थ्य कार्यालय लमजुङ प्रदेश प्रथम,नवलपुर तेस्रो स्थानमा

स्वास्थ्य कार्यालय लमजुङ प्रदेश प्रथम,नवलपुर तेस्रो स्थानमा
नवलपुर । गण्डकी प्रदेशका जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पछाडि पार्दै जिल्ला स्वास्थ्य कार्यालय लमजुङ प्रथम र स्वास्थ्य कार्यालय म्याग्दी द्धितीय भएका छन् । गतवर्ष प्रथम भएको नवलपुरले तेस्रो स्थानमा चित्त बुझाएको छ । स्वास्थ्य कार्यालय लमजुङ कार्य सम्पादनका हिसावले प्रदेशको उत्कृष्ट प्रथम कार्यालयको रुपमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आव २०७८.७९ को बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय लमजुङले ८३.८ प्र...

निजामती सेवा दिवसको अवसरमा गैँडाकाेटमा रक्तदान

निजामती सेवा दिवसको अवसरमा गैँडाकाेटमा रक्तदान
गैँडाकोट । गैँडाकोट नगरपालिकाले निजामती सेवा दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।बुधवार नगरपालिका परिसरमा आयोजित २४  पुरुष र १२ जना  महिलाले रक्तदान गरेको प्रमुख प्रशाासकीय अधिकृत मुक्तिराम रिजालले बताए । रक्तदान गर्दा शरीरमा नयाँ रगत निर्माण हुने र शरीर स्वस्थ हुने गर्दछ । रक्तदान नै जीवन दान भएकाले रक्तदान जस्ताे पुण्य कार्यबाट रगतको अभाव पूरा गर्नका लागी सबैले रक्तदान गर्नुपर्ने नगर प्रमुख  मदनभक्त अधिकारीले बताए । कार्यक्रममा नगरप...

नवलपुरमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

नवलपुरमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
नवलपुर । नवलपुरका केही स्थानमा पछिल्लो केही घण्टा भारी वर्षा भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार नवलपुरकाे दुम्कौली, डण्डा, अरुण खोला र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । ती क्षेत्र भई बहने स–साना नदीहरुमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनेहरुले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । नवलपुरकाे  दुम्कौली, डण्डा, अरुण खोला र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको र सो क्षेत्र भई ...

नवलपुरका तीन पालिकाले गरे सय दिनको काम सार्वजनिक

नवलपुरका तीन पालिकाले गरे सय दिनको काम सार्वजनिक
नवलपुर । नवलपरासी पूर्वका तीन नगरपालिकाले जनप्रतिनिधिको एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० पछि कार्य सम्हालेका जनप्रतिनिधिले एक सय दिनका उपलब्धि सार्वजनिक गर्न थालेका हुन् । मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले निर्वाचित भएपश्चातका उपलब्धि सार्वजनिक गर्दै नागरिक सेवा केन्द्रको स्थापना गरी नागरिकलाई सहज सेवा दिइएको उल्लेख गर्नुभयो । नगरपालिकाले ज्येष्ठ नागरिकलाई प्रत्येक महिना घरघरमै पुगेर स्वास्थ्य जाँच गर्ने, अवैधरूपमा उत...

नारायणी नदी पुलबाट हामफालेर एक पुरुष बेपत्ता

नारायणी नदी पुलबाट हामफालेर एक पुरुष बेपत्ता
चितवन । नारायणी नदी पुलबाट हामफालेर एक पुरुष वेपत्ता भएका छन । परिचय नखुलेका अन्दाजी ३० बर्षीय पुरुष आज बिहान हामफालेका हुन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी नदी पुलबाट बिहान ९ बजेर १० मिनेटमा उनले हामफालेका थिए । उनको खोजी कार्यको लागि वडा प्रहरी कार्यालय नारायणगढ प्रहरी नायब निरीक्षक सहितको विपद उद्धार टोलीले खोजतलास जारी राखेको छ । हालसम्म उनी फेला नपरेको प्रहरीले जनाएको छ । नारायणी पुलबाट हाम फालेर आत्महत्या गर्नेहरुक...

गैँडाकाेटकाे सिख्रौलीमा ४ सय वर्ष पुरानो शैलीको मन्दिर निर्माण

गैँडाकाेटकाे सिख्रौलीमा ४ सय वर्ष पुरानो शैलीको मन्दिर निर्माण
गैँडाकाेट । गैंडाकोटको सिख्रौली घाटमा पुरातत्त्व विभागले करिब ४ सय वर्ष पुरानो शैलीमा कलात्मक शिव मन्दिर निर्माण गरेको छ । विभागले एक दशक लगाएर उत्खनन गर्दा फेला परेको भग्नावशेष मन्दिरका आधारमा ठिक त्यस्तै मन्दिर निर्माण गरेको हो । गैंडाकोटको हर्कपुर चोकदेखि दक्षिणतिर पर्ने नारायणी नदी किनारमा १६औं शताब्दीमा पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनको दरबार थियो भन्ने ऐतिहासिक कथन छ । भग्नावषेश रहेको दरबार क्षेत्रमा ४ सय वर्षअघि कुदिएका १५ सयभन्दा बढी ढुंगाका मूर्तिहरू रहेको व...

चितवनमा प्रहरीको नक्कली कार्ड बनाएर लुटपाट गर्ने दुईजना पक्राउ

चितवनमा प्रहरीको नक्कली कार्ड बनाएर लुटपाट गर्ने दुईजना पक्राउ
चितवन । चितवनमा प्रहरीको नक्कली कार्ड बनाएर लुटपाट गर्ने दुईजना पक्राउ परेका छन् । कालिका नगरपालिका वडा नम्बर ८ गैरिवारीबाट प्रहरीको नक्कली परिचयपत्र देखाएर लुटपाट गर्ने दुईजना पक्राउ परेका हुन् । शनिबार दिउसो प्रहरीको नक्कली परिचयपत्र देखाएर लुटपाट गर्दै हिडेका रत्ननगर नगरपालिका वडा नम्बर ११ जिरौना बस्ने बर्ष २८ को विशाल पौडेल र सोहि स्थान बस्ने बर्ष ३० को विजय महतलाई प्रहरीले पक्राउ गरेको हो । ना ३६ प ६५२० नम्बरको स्कुटरमा सवार उनीहरुले गैरिवारीमा आईसक्रिम तथा कुल्फि बिक...

माओबादी केन्द्र नवलपुरले गर्यो प्रचण्ड सहित ४४ जना को उम्मेदवारी सिफारीस

माओबादी केन्द्र नवलपुरले गर्यो प्रचण्ड सहित ४४ जना को उम्मेदवारी सिफारीस
नवलपुर । नेकपा माओबादी केन्द्र नवलपुरले मंसिरमा हुने संघीय र प्रदेश निर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गरेको छ । नवलपुरको देबचुलीमा आईतबार बसेको जिल्ला कमिटिको बैठकले संघ ,प्रदेश का प्रत्यक्ष र समानुपातिक उम्मेद्वार गरि ४४ जनाको नाम सिफारिस गरेको हो । नवलपुर क्षेत्र नं। १ बाट प्रतिनिधी सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टी अध्यक्ष प्रचण्डलाई अनुरोध गर्ने निर्णय भएको माओवादी जिल्ला समन्वय समितिका संयोजक तथा केन्द्रीय सदस्य धन प्रसाद सापकोटाले बताए । माओबादी केन्द्र...

देवचुलीका जनप्रतिनिधिले सार्वजनिक गरे सय दिनका उपलब्धी

देवचुलीका जनप्रतिनिधिले सार्वजनिक गरे सय दिनका उपलब्धी
नवलपुर । देवचुली नगरपालिकाले १ सयदिनका कार्य तथा उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमार्फत १ सय दिनका उपलब्धि सार्वजनिक गरिएको हो ।नगरप्रमुख हरिप्रसाद न्यौपानेले ४५ बुँदामा समेटिएका कार्यहरुको सूची प्रस्तुत गर्नुभयो । वहाँले ४५ बुँदामा समेटिएका गतिबिधि सार्वजनिक गर्दा पहल गरिएका, आग्रह गरिएका, योजना निर्माण गरिएका धेरै बुँदा रहेका छन् । सार्वजनिक गरिएका बुँदामध्ये ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिने बुँदालाई नगर...