×

नवलपुर विशेष

गण्डकीमा एमालेको उम्मेदवार टुंगियो, पृथ्वीसुब्बालाई संघकै टिकट (सूचीसहित)

गण्डकीमा एमालेको उम्मेदवार टुंगियो, पृथ्वीसुब्बालाई संघकै टिकट (सूचीसहित)
काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशको उम्मेदवार पनि टुंग्याएको छ । तालमेल भएमा तनहुँ–१ छोड्ने गरी १० वटै जिल्लाको उम्मेदवार टुंग्याएको एमाले स्रोतले जनाएको छ । तर तालमेल नभएमा अथवा अन्य प्रदेशको क्षेत्रमा सहमति जुटेमा तनहुँ–१ बाट एकबहादुर राना प्रतिनिधिसभाको उम्मेदवार हुनेछन् । एमालेले तनहुँ–२ को उम्मेदवार पनि टुंग्याएको छ । केदार सिग्देललाई प्रदेशसभामा टिकट दिएर यो क्षेत्रबाट किरण गुरुङलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएको छ । सिग्देलले पनि प्रतिनिधिसभाकै उम्मेदवार बन्न...

नारायणी नदीले फेरि खतराको तह पार गर्‍यो, पुल क्षेत्रमा १२ मिटर पुग्यो

नारायणी नदीले फेरि खतराको तह पार गर्‍यो, पुल क्षेत्रमा १२ मिटर पुग्यो
गैँडाकाेट। नारायणी नदीले फेरि खतराको तह पार गरेको छ ।विहान घट्दो अवस्थामा रहेको नारायणी विहान ११ः५० बजेको समयमा फेरि खतराको तह पार गरेको छ । देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ ।यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धरै पानीको सतह १२ मिटर पुगेको छ ।

नवलपुरकाे विनयी त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट

नवलपुरकाे विनयी त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन्।मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए। अहिले पनि डुबान क्षेत्रका मानिसहरु आफ्नै घरमा रहेका र उनीहरुलाई उद्धार गर्न नसकिएको अध्यक्ष गिरीले बताए। ‘पशुचौपाया र घरका सामानसहित बगुवनका स्थानीय डुबान क्षेत्रको उच्च भागमा बसेका छन्, उद्...

 सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

 सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ
काठमाडौं । क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताए । आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौं ...

नारायणीको बाढीले सतर्कताको तह नाघ्यो

नारायणीको बाढीले सतर्कताको तह नाघ्यो
गैँडाकाेट । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ ।जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ६ः२० बजे दिएको जानकारी देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको हो । नारायणी जलाधार क्षेत्रमा थप वर्षा भइरहेको र जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको छ ।चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन बाढी सूचना केन्द्रले जनाएको छ । अविरल वर...

आज विजया दशमी, टीकाको उत्तम साइत ११ :५१ बजे

आज विजया दशमी, टीकाको उत्तम साइत ११ :५१ बजे
काठमाडौं । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त...

नारायणगढ आउँदै गरेकाे बस नवलपुरकाे लाेकाहामा दुर्घटना

नारायणगढ आउँदै गरेकाे बस नवलपुरकाे लाेकाहामा दुर्घटना
कावासोती । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली –१५,मा यात्रु बाहक वर्ष दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट नारायणगढका लागि छुटेको ना ८ ख २५३८ नम्बरको बस अनियन्त्रीत भएर पल्टिँदा दुई जना घाइेत भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो । बसमा चालक ,सहचालक सहित ७ जना सवार रहेकोमा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा काठमाण्डौं नागार्जुन –७ ,बस्ने २१ वर्षीय रिपा खनाल र पश्चिम नवलपरासी सुनवल–१३ ,बस्ने २५ वर्षीय विन्दु ...

गैँडाकाेटमा पिङ हाल्न वडाले दियाे अनुदान !

गैँडाकाेटमा पिङ हाल्न वडाले दियाे अनुदान !
नवलपुर । दशैं र पिङ एकअर्कामा पर्यावाची जस्तै बनेका छन् । दशैंमा टीकाको दिन भुइँ छोड्नुपर्ने ( पिङ चढ्नुपर्ने)  परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्व छ ।पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–३ ले आफ्नो वडामा पिङ बनाउन प्रोत्साहन गर्दै प्रतिपिङ पाँच हजार दिने निर्णय गरेको छ । ‘दशैं तिहारमा पिङ राख्नु खेल्नु परम्परा नै हो तर, पछिल्लो सम...

अर्घाखाँचीमा पोखरीमा डुबेर २७ वटा बाँदर मरे

अर्घाखाँचीमा पोखरीमा डुबेर २७ वटा बाँदर मरे
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क – ९ अर्घामा रहेको पोखरीमा २७ वटा बाँदर डुबेर मरेको भेटिएका छन् ।अर्घामा रहेको सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरेको स्थानीय बलराम रायमाझीले बताउनुभयो ।पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेको र पछि ती बाँदर पोखरीमा पसेपछि डुबेर मरेका हुनसक्ने आशंका गरिएको छ । पोखरी जंगलको बीचमा रहेको कारणले उद्धार हुन नसकेको स्थानीयको भनाइ छ । जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दिपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै ब...