×

नवलपुर विशेष

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको म्याद एक वर्ष थपिंदै

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको म्याद एक वर्ष थपिंदै
नवलपुर । नारायणगढ–बुटवल सडकखण्ड विस्तार सकिसक्नुपर्ने अवधिमा जम्मा १८ प्रतिशत मात्रै काम गरेको ठेकेदार कम्पनीलाई सरकारले एक वर्ष म्याद थपिदिने तयारी गरेको छ । ११३ किलोमिटर लामो सडकखण्ड विस्तार गरी चार लेनको बनाउने जिम्मा पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७९ साउन २२ गते भित्र काम सकिसक्नु पर्नेमा जम्मा १८.४४ प्रतिशत मात्रै काम सकेको छ । सोही कम्पनीलाई ठेक्काको म्याद १ वर्ष थप्ने प्रक्रिया सुरु भएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापा...

मंगलम पाइपको आयोजनामा पलम्वरहरुको बृहत भेला कावासोतीमा सम्पन्न

मंगलम पाइपको आयोजनामा पलम्वरहरुको बृहत भेला कावासोतीमा सम्पन्न
नवलपुर । नेपालकै सर्वोत्कृष्ट मंगलम सीपीभीसी तथा पिभीसी पाईप उद्योग भैरहवाको आयोजना तथा भृकुटी इन्टरप्राईजेज गैँडाकोटको सहकार्यमा पलम्वर(टेक्नीसीएन) हरुको बृहत भेला नवलपुरको कावासोतीमा सम्पन्न भएको छ । मंगलम सीपीभीसी तथा पिभीसी पाईप उद्योगका रिजनल सेल्स मेनेजेर सुवास पौडेलको प्रमुख आतिथ्यता तथा भृकुटी इन्टरप्राईजेज गैँडाकोटका प्रोपाईटर देशबन्धु सिग्देल र सुदन पियाको आतिथ्यतामा सम्पन्न भेलामा जिल्लाको रजहर, प्रगतीनगर, कावासोती, डण्डा, चोरमारा, अरुणखोला र दुम्कीवासका पलम्वरह...

एमाले अध्यक्ष ओलीको निर्देशन : उम्मेदवार छान्न चुनाव नगर्नु

एमाले अध्यक्ष ओलीको निर्देशन : उम्मेदवार छान्न चुनाव नगर्नु
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिकै आधारमा प्रदेश र प्रतिनिधिसभाको उम्मेदवार छान्न निर्देशन दिएका छन् । आइतबार निर्वाचन परिचालन समितिको बैठकमा उनले एउटा क्षेत्रका लागि सहमतिमै तीन जना उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका हुन् ।तीन जनाको नाममा सहमति हुन सकेन भने पनि बरु सबै आकांक्षीको नाम संघमा पठाउन भन्दै ओलीले निर्देशन दिएका छन्, ‘तर क्षेत्रमै चुनाव नगर्नु ।’ बैठकमा अध्यक्ष ओलीले चुनाव गर्दा गुटबन्दी मौलाएको र पराजित उम्मेदवारले अर्को उम्मेदवा...

पुलमा स्कुटर राखेर एक पुरुष नारायणीमा हाम फाले

पुलमा स्कुटर राखेर एक पुरुष नारायणीमा हाम फाले
गैँडाकोट । नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । स्कुटरमा चढेर आएका एक पुरुष नदी माथिको पुलबाट साँझ साढे ५ वजे हाम फालेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बागमती प्रदेश -०३ -०३ प ५९२६ नम्बरको स्कुटर पुलमै राखेर उनले नदीमा हाम फालेर बेपत्ता भएका हुन् । यो समाचार तयार पार्दासम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन ।

नवलपुरमा बाढीले टिप्पर बगायो

नवलपुरमा बाढीले टिप्पर बगायो
नवलपुर । नवलपुरमा विनयी खोलामा आएको बाढीले टिप्पर बगाएको छ । विनयीत्रिवेणी गाउँपालिका वडा नं. ४ पाखापानी स्थित भित्री (पाखापानी सर्दी) सडक खण्डमा ग २ ख १०२४ नम्बरको टिप्पर बगाएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुर दिएको जानकारी अनुसार २०० मिटर जती बगाएको टिप्पर खोलाको विचभागमा रहेको छ । टिप्परका चालक फरार छन् भने सवारी धनि सम्पर्कमा आएका छन् ।

गैँडाकोटमा झ्याप-झ्याप हुने बिद्युत कटौतीले उपभोक्ता आक्राेशित

गैँडाकोटमा झ्याप-झ्याप हुने बिद्युत कटौतीले उपभोक्ता आक्राेशित
गैँडाकोट । नवलपुरको गैँडाकोटमा बिना सूचना झ्याप झ्याप हुने बिद्युत कटौतीले उपभोक्ता मर्कामा परेका छन् । हावाहुरी नलागेको समयमा नै लाईन काटिदा स्थानीय आक्रोशित छन् ।लाईन काटिएको समयमा उपभोक्ताले प्राधिकरणमा फोन गरेर जानकारी माग्दा समेत कार्यालय प्रमुख र अन्य कर्मचारीको समेत फोन नउठ्ने उपभोक्ताको गुनासो छ । विना सूचना बिजुली काटिदा समस्या भईरहेको स्थानीयको भनाई छ । एकपटक गएको बिजुली कतिबेला आउँउ पत्तै हुँदैन, बिजुलीको लुकामारीले एकदमै दुख दिएको हो । प्रकाश भण्डारीले  गुनासो ...

अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा लिटिल स्टेप एकेडेमी प्रथम, सरस्वतीलाई दाेस्राे स्थान

अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा लिटिल स्टेप एकेडेमी प्रथम, सरस्वतीलाई दाेस्राे स्थान
दयाराम आचार्य नवलपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल –प्याब्सन नवलपुरको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य  प्रतियोगितामा लिटिल स्टेप एकेडेमी अरुणखोला प्रथम भएको छ । जिल्लाका १२ वटा विद्यालयको सहभागिता रहेको नृत्य प्रतियोगितामा सरस्वती निकेतन गैंडाकोटले द्धितीय स्थान प्राप्त गरेकाे छ । प्रतियोगितामा अरुणखोला बोडिङ्ग स्कुलले तृतीय स्थानमा चित्त बुझाएकाे छ ।प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुनेले क्रमश २० हजार ,१५ हजार र १० हजार प्राप्त गरेका छन...

गैँडाकोट वडा नं ९ ले भाद्र १२ गते वडा स्तरीय तिज गीत प्रतियोगिता गर्दै

गैँडाकोट वडा नं ९ ले भाद्र १२ गते वडा स्तरीय तिज गीत प्रतियोगिता गर्दै
गैँडाकोट। नेपाली महिलाहरुको महान पर्व हरितालिका (तीज) को अवसरमा नवलपुरको गैँडाकोटमा वडा स्तरीय तीज गित प्रतियोगिता २०७९ को आयोजना हुने भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ९ ले भाद्र १२ गते विहान ११ वजेदेखि वडा स्तरीय तिज गीत प्रतियोगिता आयोजना गर्न लागेको हो । कला संस्कृतिको जर्गेना गर्दै नारीहरुको सम्मान गर्नको लागि वडा स्तरीय खुल्ला तिज गीत प्रतियोगिता आयोजना गर्न लागिएको वडाअध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो । वडा नं. ९ मा रहेको हरी ऊँ सत्संग सदनको सभाहलमा आयोजना ...

जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा दुई जनाको मृत्यु

जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा दुई जनाको मृत्यु
नवलपुर  । नवलपुरमा जापानिज इन्सेफलाइटिस लागेका दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाइँका अनुसार देवचुली नगरपालिकाका दुई जनाको उपचारको क्रममा चितवनका अस्पतालमा मृत्यु भएको हो । एक जनाको सोमबार उपचारको क्रममा चितवनको अस्पतालमा मृत्यु भएको हो । अर्का एक जनाको एक साताअघि मृत्यु भएको हो । उनीहरूको मृत्युबारे जिल्ला स्वास्थ्य कार्यालयले सोमबार अपराह्न जानकारी गराएको हो । यसबाहेक गैंडाकोटका एक जना र हुप्सेकोट गाउँपालिकाका अर्का एक जनामा पनि ज...