पर्यटकीय स्थल चिनारी : नवलपुरका प्रमुख ५ धार्मिक पर्यटकीय गन्तव्य
नवलपुर । पूर्व पश्चिम राजमार्गको मध्यभागमा पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व) पर्यटकीय गन्तव्यका लागि सम्भावनाको जिल्ला हो । गण्डकी प्रदेशअन्तर्गत पर्ने नवलपुर भौगोलिकरुपमा तराई, भित्री मधेस र पहाड गरी तीनतले जिल्लाका रुपमा समेत चिनिन्छ । प्राकृतिकसँगै धार्मिक पर्यटकीयस्थल जिल्लाको चिनारीका रुपमा रहेका छन् । जहाँ बर्सेनि हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।
जिल्लामा रहेका धार्मिकस्थल प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएका छन् । धार्मिक पर्यटकका ला...


