गैंडाकोट। नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाको आयोजनामा शुक्रबार एसपीएम कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कुल ५२ युनिट रगत संकलन भएको छ । नवलपुर र चितवन जिल्लामा रगत अभाव न्यूनीकरण गर्न सो कार्यक्रमको आयोजना गरिएको अयोजककाे भनाइ छ ।

गैंडाकोट वडा नम्बर २ का सन्तोष वाग्लेले १०८ पटक रक्तदान गरि उद्घाटन भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य पुर्णप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया