चिनियाँ कम्पनीको लापरवाहीले सडक निर्माणमा ढिलाइ
गैँडाकाेट। सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले समयमा सडक निर्माणको काम सम्पन्न गर्न नसक्दा यात्रु तथा चालकहरुले सास्ती खेप्न बाध्य भएका छन् । नेपाल सरकारले सडक निर्माण सम्पन्न गर्न दिएको समयावधि गुज्रिसक्दासमेत निर्माणमा चासो नदिँदा दैनिक यात्रा कष्टकर बन्दै गएको छ ।
नेपाल सरकारले चिनियाँ स्टेट कम्पनीलाई निर्माणको जिम्मा दिएको नारायणगढ–बुटवल सडकखण्ड पटक–पटक म्याद थप्दा पनि अलपत्र अवस्थामा रहेको छ । नारायणगढ देखि बुटवलसम्म सवारी चदाउँदै आएका चालकह...


