गैँडाकोट । जयश्री अर्गनाईजेसनका महानिर्देशक उद्योगी पवन कुमार अग्रवाल जनसेवा श्री पदकबाट विभुषित हुनुभएको छ । लामो समयरदेखि उद्योग व्यवसायको क्षेत्रमा रहेको योगदान दिएको भन्दै उहाँलाई नेपाल सरकारले संविधान दिवशको अवसरमा जनसेवा श्री पदकबाट विभुषित गर्ने निर्णय गरेको हो ।
जयश्री अर्गनाईजेसनका महानिर्देशक अग्रवाल उद्योगी तथा वरिष्ठ समाजसेवीको रुपमा समेत परिचित हुनुहुन्छ । उहाँ सहित चितवनका प्रतिष्ठित सामाजिक अगुवाहरु संबिधान दिवसको अवसरमा बिभिन्न मान पदवीबाट बिभुषित भएका छन ।
मारवाडी समुहका अगुवा समाजसेवी उद्योगी उमाशंकर अग्रवाल , देवघाट क्षेत्र विकास समितका पुर्व अध्यक्ष टंकनाथ पौडेल ,र पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, राष्ट्रपतिबाट प्रदान हुने बिभिन्न मान पदवीले सम्मानित हुनुभएको हो ।



















उज्यालो खबर









