×

नवलपुर । थारू समुदायले मनाउने पर्व जितियाको अवसरमा नवलपुरका चार पालिकाले स्थानीय बिदा दिएका छन् । आइतबार जितिया पर्वको अवसरमा स्थानीय बिदा दिइएको हो ।नवलपुरको कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका , देवचुली नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाले आइतबार स्थानीय बिदा दिएका हुन् ।

नवलपुरमा थारू समुदायको उल्लेख्य बसोबास रहेको छ । थारू बस्तीमा यतिबेला जितियाको रौनक छाएको । जितियाको अवसरमा नवलपुरका बिभिन्न स्थानमा थारू समुदायको झम्टा नाँच प्रतियोगिता, भोदी खेल प्रतियोगिता लगायतका कार्यक्रमहरु राखिएका छन् । जितिया थारू समुदायका महिलाले मनाउने मुख्य चाड हो ।

महिलाहरुले सन्तानको र्दीघायु, सुखसमृद्धि र मनोकामना पुरा गराउन व्रत बस्न गर्दछन् । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने चलन समेत रहेको छ ।

तपाईको प्रतिक्रिया