बुलिङटार । नवलपरासी पूर्वको पहाडी भेग बुलिङटार गाउँपालिमा राष्ट्रिय विद्युत प्रसारण लाइनको समुद्घाटन भएको छ । सोमबार संविधान दिवसको अवसर पारी गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका मन्त्रि हरिशरण आचार्यले बुलिङटार ३ सिंगुवामा रहेको ट्रान्समिटरमा विजुली बत्ति बाली विद्युत प्रशारण लाईनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्दै मन्त्री आचार्यले गण्डकी प्रदेश अब चाडै नै उज्यालो प्रदेशको रुपमा देखिने बताउनु भयो । मन्त्रि आचार्यले गण्डकी प्रदेशमा अब जम्मा ०.५ प्रतिशत मात्र राष्ट्रिय विद्युत प्रशारण लाईन पुग्न बाकी रहेको बताउनु भयो । उहाले भन्नुभयो “नवलपुर जिल्लाका बुलिङटार गाउँपालिका, हुप्सेकोट गाउँपालिका र बौदिकाली गाउँपालिका का केही भाग, तनहूँ जिल्लाका देवघाट गाउँपालिकामा केही घरहरु, बाग्लुङ्ग जिल्लाको ढोरपाटन नगरपालिकाको केही भाग र बेशीगाउँ गाउँपालिकाको केही भाग गरि करिब अठ्ठाइस सय घरधुरी बाकी रहेको छ त्यो मध्य पनि आज बुलिङटार गाउँपालिकामा ४५० धरधुरीमा बत्ती बाल्यौं ।” उहाँले दशैं अगाडी करिब करिब २०००/२१०० घरधुरी मात्र राष्ट्रिय विद्युत प्रुसारण लाइन जडानमा बाकी रहने बताउनु भयो ।
कार्यक्रका विशेष अतिथि रहनु भएका गण्डकी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य रोशन गाहाले हिजो गर्छु भनेर कसम खाएर तपाईहरुले जिताएर पठाएको प्रतिनिधि कुन देशमा छन् कहाँ छन् ,खोज्ने बेला आएको बताउनु भयो । साथै वहाँले राजनितिक रुपमा पूर्वग्राही बनेर कसैले पनि विकासलाई रोक्न नहुँने र विकास पनि नहुने हुँदा कसैलाई पनि त्यसो नगर्न अनुरोध गर्नुभएको छ । पूर्व जनप्रतिनिधीहरुले बिधुतका लागि सिफारिस नदिएका कारण विधुली बत्ति बाल्न ढिलो भएको आरोप लगाउनु भएको छ ।
यसैगरी बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बस्न योग्य हेर्न लायक, समृद्ध बुलिङटार निर्माणलाई प्राथमिक्त दिदै विद्यमान उर्जा संकटलाई समाधान गर्दै करीब ४५० भन्दा बढी घरधुरीमा मिटर बक्स लगेर राष्ट्रिय प्रसारण लाइन जोड्न सफल भएको बताउनु भयो । अध्यक्ष सुनारी मगरले वडा नं १ र २ का लागि पनि ठेक्का खुलिसकेको बताउनु भयो । उहाँले चाडै नै उज्यालो प्रदेश भने जस्तै उज्यालो पालिका घोषणा गर्ने बताउनु भयो ।
लेखनाथ वितरण केन्द्रबाट रेखदेश हुनेगरि वितरण गरिएको विद्युत बुलिङटार गाउँपालिकाका ३ वडा बाहेक अन्य वडामा यस अघि नै संचालन भएको र अहिले वडा नं ३ का ४५० घरधनीहरु लाभान्वित भएका छन् ।
कार्यक्रममा प्रदेश मन्त्रालयका सचिब ई. डा. सन्तोष कैनी, बौदिकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा, नेपाल बिधुत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख, नेपाल बिधुत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख अमित कुमार कर्ण, आयोजना व्यवस्थापन निर्देशनालय वितरण प्रणाली सुद्दिकरण तथा विस्तार आयोजना वुटवलका प्रमुख वीनोद पंन्थी, उर्जा तथा खानेपानी मन्त्रालयका ई. दामोदर तिवारी लगायत बुलिङटार गाउँपालिकाका कार्यपालिका सदस्य, वडा अध्यक्षहरु लगायत स्थानीयहरुको बृहत समारोह विच स्वीज अन गरि मन्त्रि आर्चायले विद्युत प्रसारण लाईनको समुद्धाटन भएको थियो ।



















उज्यालो खबर









