
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा असोज ९ गते देखि सुरु गर्ने भनिएको गैँडाकोट दशै रमाइलो मेला २०७९ सञ्चालन गर्न प्रशासनले रोक लगाएपछि मेला सुरु हुने या नहुने बारे अन्यौलता देखिएको छ । प्रभात समाज कल्याण केन्द्र नेपाल गैँडाकोट ५ ले जनक नमुना माविको खेल मैदानमा गैँडाकोट दशै रमाइलो मेला २०७९को आयोजना गर्ने भन्दै स्टल निर्माण गेट तथा मञ्च बनाउने काम गरेपनि अनुमति नलिईकन काम अगाडी बढाएपछि प्रशासनले रोक लगाएको हो ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रशासन सँग अनुमति नलिएको तथा स्थानीयहरुको गुनासो आएपछि हिजोदेखि गर्न लागिएको दशैमेला सञ्चालन नगर्न आयोजकलाई जानकारी गराइएको उज्यालो खबरलाई बताउनुभयो ।मेला सञ्चालनका लागि जिल्ला प्रशासनले अनुमति दिएको हो ? भन्ने उज्यालो खबरको जिज्ञाशामा घिमिरेले अनुमति नदिइएको बताउनुभयो । हामिले अनुमति दिएका छौ के रहेछ म फेरी बुझौला उहाँले भन्नुभयो ।
घनाबस्तीको विचमा रहेको खेल मैदानमा ध्वनी प्रदुषण हुने तथा फोहोर मैला ब्यवस्थापनमा समस्या हुने भन्दै स्थानीय पारिजात टोललाई समेत खबर नगरि कार्यक्रम गर्न लागिएको भन्दै सो टोलविकास समितिले समेत स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।इलाका प्रहरी कार्यालय गैँडाकोटले जिल्ला प्रशासनको निर्देशन अनुसार सो स्थानमा मेला संचालन नर्गन र कुनैपनि स्टल निर्माण तथा अस्थायी संरचना समेत खडा नर्गन आयोजकलाई अनुरोध गर्दैै निगरानी बढाएको छ ।
मेलामा ब्यापारिक स्टलहरु, बाल उद्यानको ब्यवस्था, रोटे पिगं ब्रेक डान्स, खानका परिकारका स्टलहरु , कृषि उत्पादनका स्टलहरु रहने तथा कलाकारहरु प्रमोद खरेल, भिटेन, क्षवाङ लामा, ज्योती मगर, मिलन नेवार, प्रकास सपुत, प्रिती आले, पुस्कल शर्मा , अस्मिता अधिकारी, निशान भट्टराई लगायतका कलाकाहरु आउने भन्दै आयोजकले अहिलेपनि चर्को अवाजमा प्रचार गर्दै हिडेको छ ।