गैँडाकोट । अनेरास्ववियु गैँडाकोटले नवलपुर क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा कृष्ण पौडेलको उम्मेदवारीले उत्साहित भएको बताएको छ । स्थानीय नेताको उम्मेदवारीले अखिल उत्साहित भएको भन्दै मंसिर ४ गतेको निर्वाचनलाई ध्यानमा राख्दै आन्तरिक आन्तरिक तयारी सुरु गरिएको उसको भनाइ छ ।

नवलपुरको गैँडाकोटमा आज साँझ आयोजित उम्मेदवारसँगको भेटघाट कार्यक्रममा अखिलका नगरअध्यक्ष मनिष अधिकारीले युवा विद्यार्थीहरु पौडेलेको उम्मेदवारीले निकै उत्साहित भएको बताए ।यहि स्थानमा स्थायी बसोबास गर्ने नेतालाई आगामी सांसदको रुपमा हेर्ने क्षेत्र नं. १ का जनताको चाहना लामो समयदेखि पुरा हुन नसकेको भन्दै उनले कृष्ण पौडेलको उम्मेदवारीले सबैमा उत्साह छाएको बताए ।

अखिलका नगर सचिव प्रमोद पोखरेलले एमाले उम्मेदवार कृष्ण पौडेललाई विश्वास दिलाउदै भने- “यसपटक नेतृत्व परिवतर्नका लागि हामी दिलो ज्यानले लागि पर्छौ ।” लामो समयदेखि एउटै अनुहारलाई क्षेत्र नं. १ का जनताले हेरिरहेको भएपनि विकास र समृद्धिको अनुभुती सम्म गर्न नपाएको धारणा राखे ।

सो अवसरमा नवलपुर क्षेत्र नं.१ का एमाले उम्मेदवार कृष्ण पौडेलले युवाविद्यार्थीको दरिलो साथ र सहयोगको अपेक्षा ब्यक्त गर्दै विकास र परिवर्तनका लागि आफुले काम गर्ने बताए ।नवलपुरको क्षेत्र नं.१ का जनताको चाहना र आवश्यकता अनुसार नै पार्टिले यहि स्थानबाट टिकट दिएको भन्दै पौडेलले काम गरेर देखाउने बताए । काँग्रेस नेताले लगातार तीन पटक चुनाव जितेर गएपनि यहाँको अवस्था बदलिन नसकेको भन्दै उनले यस क्षेत्रको मुहार फेर्नका लागि आफुले काम गर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका स्थानीय नेताहरुका साथै अखिलका विभिन्न तहमा रहेका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया