नवलपुर । नवलपुर  क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका चित्रध्वज जिसीले क्रस खुकुरी  चुनाव चिन्ह पाएका छन् । उनलाई निर्वाचन आयोगले आज क्रस खुकुरी  चुनाव चिन्ह प्रदान गरेको हो ।सत्तारुढ गठबन्धनको भागवण्डामा नवलपुर–१ नेपाली काँग्रेसकाे  भागमा परेपछि कांग्रेसै नेता जिसीले उम्मेदवारी दिएका हुन् ।उनकाे उम्मेदवारी फिर्ताका लागि चाैतर्फि दवाव आएकाे भएपनि आफ्नाे अडानमा कायम रहँदै जिसीले उम्मेदवारी फिर्ता लिएनन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका  जिसीले पुस्ता हस्तान्तरणका लागि आफुले उमेदवारी दिएको भन्दै पछि नहट्ने बताउदै आएका थिए । निर्वाचन  आयाेगले चुनाव चिन्ह प्रदान गरेसँगै  अवकाे  चुनावी यात्रा सुरु भएकाे उनले बताए । क्षेत्र न‌ं‍‍ १ का सचेत मतदाताकाे घरदैलाेमा पुगेर उहाँहरुकाे मन र मत माग्छु उनले भने- नेतृत्व परिवर्तनका लागि सबै तयार छन् ।

नेपाली काँग्रेसकाे विभिन्न तहमा रहेर काम गरेका जिसी रजहर जेसीजकाे पूर्व अध्यक्ष समेत हुन् । सफल पर्यटन व्यवसायीकाे छवि बनाएका उनकाे उम्मेदवारीले राजनैतिक वृतमा नयाँ तरङ्ग सृजना गरेकाे छ ।

 

तपाईको प्रतिक्रिया