गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले नवलपुर र राष्टिय युवासंघ नेपाल नवलपुरले अलग अलग विज्ञेप्ती जारी गर्दै माओवादी केन्द्रले हिजो जारी गरेको विज्ञेप्ती प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।एमाले र एमालेका कार्यकर्ताको नाम जाडेर जारी गरिएको विज्ञेप्तीमा भएका शव्दहरु प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञेप्तीमा प्रयोग गरिएका शव्दहरु आपत्तीजनक रहेको भन्दै एमाले नवलपुर र राष्टिय युवासंघ नवलपुरले घोर भ्रत्सना गरेका छन् ।नेकपा एमाले नवलपुरका कार्यालय सचिव भिमलाल कंडेल र राष्टिय युवासंघका जिल्ला अध्यक्ष कृष्ण कंडेलद्धारा जारी अलग अलग विज्ञेप्तीमा उम्मेदवारी फिर्ता लिने क्रममा भएको सामान्य घटनालाई अतिरञ्जित गराइएको उल्लेख छ ।

२६ गते दिउसो १ बजेसम्म मात्र उम्मेदवारी फिर्ताको समय भएको र त्यसपछि उम्मेदवारी फिर्ता लिन आउने जोसुकै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन पाईदैन भनेर नियमसंगत आवाज उठाएको कुरा स्मरण गराएको एमाले र युवासंघले जारी गरेको विज्ञेप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया