गैँडाकोट । नवलपुर निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदबार चित्र ध्वज जि.सीको सचिवालय स्थापना गरिएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. ८ स्थित गैँडाकोट रिसोर्ट अगाडी उम्मेदवार जि.सी को सचिवालय स्थापना गरिएको उहाँका सहयोगी प्रेम गौडेलले जानकारी दिनुभयो ।

सचिवालय स्थापना भएसँगै क्षेत्र नं.१ मा कसरी चुनावी अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउने भन्ने रणनिति तय गरिने उहाँले बताउनुुभयो । विहान ८ वजेदेखि साँझसम्मै सचिवालयमा चुनाव केन्द्रित भेटघाट र छलफल समेत सुरु हुने उहाँले बताउनुभयो ।
निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार जि.सी लाई क्रस खुकुरी चुनाव चिन्ह प्रदान गरेको छ । सोहि चुनाव चिन्ह लिएर उहाँले चुनावी अभियान सुरु गर्नुभएकाे हाे ।

नेपाली काँग्रेसमा रहेर लामो समय सकृय राजनिति गरेका युवा नेता जि.सी ले नेतृत्व परिवर्तनको माग गर्दै स्वतन्त्र उम्मेदवारी दिनुभएकाे हाे । उहाँकाे उम्मेदवारीले नवलपुर निर्वाचन क्षेत्र न. १ को कसको पोल्टामा पर्ने भन्नेमा द्धिविधा सृजना भएको छ ।

 

 

तपाईको प्रतिक्रिया