गैँडाकोट । नवलपुरका २६ हजार बालबालिकालाई कार्तिक २ र ३ गते भिटामिन ए  औषधि खुवाईने भएको छ । ६ महिनादेखि पाँचवर्ष सम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार जिल्लाका २४ हजार बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम छ । उहाँका अनुसार ६ महिनादेखि २ वर्ष सम्मका बालबालिकालाई बालभिटा खुवाइने छ ।
३५९ जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत औषधि खुवाउने अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५३ सालबाट भिटामिन ’ए’ खुवाउन थालिएको हो । हरेक वर्ष भिटामिन ’ए’ खुवाउने कार्यक्रममा २७ लाख तीन हजार पाँच सय २२ बालबालिका सहभागी हुने गरेका छन् ।

जुकाको औषधि २०५८ सालदेखि हरेक वर्ष दुई पटक खुवाउने गरिएको छ ।यस्तै पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २ वर्ष भित्रका   बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो । अहिले ४१ जिल्लाका बालबालिकालाई खुवाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया