नवलपुर । पूर्वि नवलपरासीबाट एक पुरुष बेपत्ता भएका छन् । हुप्सेकोट गाउँपालिका वडा नं. २ कोलिया बस्दै आएका ५७ वर्षका नुन बहादुर कार्की बेपत्ता भएको उनको परिवारले जनाएको छ ।बोल्न र सुन्न नसक्ने नुन बहादुर हिजो दिउसो कावासोती फलफुलचोकमा देखिएको र त्यसपछि सम्पर्क बाहिर रहेको उनका भतिज मान बहादुर कार्कीले उज्यालो खबरलाई बताए ।

नुन बहादुरको खोजीका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा परिवारले निवेदन समेत दर्ता गराएको उनले बताए । हामिले काका हराए लगत्तै खोजविनको माग गर्दै प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका छौँ उनले भने -हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन । जिल्लाका कावासोती, देवचुली, गैँडाकोट र भरपुरका केहि क्षेत्रमा उनको खोजीकार्य गरिएपनि यो खबर तयार पार्दासम्म अवस्था अज्ञात नै छ ।

श्रीमतीको साथमा बस्दै आएका नुन बहादुरका एकमात्र छोरी वैदेशिक रोजगारीको शिललिलामा देश बाहिर छिन् ।बेपत्ता भएका नुन बहादुरलाई कतै देखेमा नजिकैको प्रहरी कार्यालय वा आफन्तहरुको मोबाईल नम्बर ९७४१६५०८९० वा ९८४७२४२३१० मा फोन गरि सहयोग गर्नुहुन परिवारले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया