
चितवन । भाईटिकाकाे अघिल्लो साँझ नारायणगढमा सयपत्री मालामा विचौलियाहरुले चर्को मुल्य असुलेका छन् । नारायणगढको लायन्सचोकमा बसेर सयपत्रीको माला बेच्दै विचौलीयाहरुले प्रतिमाला रु ३५० असुलेका हुन् ।बजारमा फुलको अभाव भएको र भारतबाट माला ल्याउनुपरेको भन्दै उनिहरुले एउटा मालाको ३५० रुपैँया असुलेको गैँडाकोटका रविन्द्र पौडेलले बताए ।
चितवनमा सयपत्रीको व्यवसाय गरिरेहेका व्यवसायीहरुले केहिदिन अघि पत्रकार सम्मेलन गर्दे एउटा मालाको मुल्य रु १०० कायम गरेपनि विचौलीयाहरुले चर्को मुल्य लिइरहेका छन् । चितवन प्रशासन सयपत्री मालामा भएको कालोबजारी र चर्को मुल्यलाई नियन्त्रण गर्न असफल देखिएको छ ।