काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएन । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुनुहुन्छ ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यस वर्षको भाइटीका लगाउनु भएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाउनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाउनु भएको थिएन । रासस

तपाईको प्रतिक्रिया