चितवन गार्डेन रिसाेर्टमा बिहे भोज खाएका २०० बढी बिरामी,केही अस्पताल भर्ना
गैँडाकाेट । चितवनको भरतपुरमा बिहे भोज खाएका २०० बढी बिरामी भएका छन् । नवलपुरको गैडाकोटबाट भरतपुर जन्ती गएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका हुन् । भोज खाएपछि केटा र केटीपक्ष दुवैतर्फ बिरामी भएको दुलहीका दाई विशाल अधिकारीले जानकारी दिए ।
गैडाकोँट वडा नम्बर १ बाट गणेश ढकालको बिहेमा आफन्त र साथिभाई जन्ती आएका थिए । दुलही सरिष्मा अधिकारीको घर हाकिमचोक भएपनि रिसोर्टबाट विहे भएको थियो । भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने...
