×

नवलपुर विशेष

संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको मृत्यु

संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको मृत्यु
काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो ।उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो । स्रोतका अनुसार आचार्यको शव श्रीमती आइपुगेप...

‘सुस्ता बचाऊ’ अभियानका मुख्य अभियन्ता गोपाल गुरुङको निधन

‘सुस्ता बचाऊ’ अभियानका मुख्य अभियन्ता गोपाल गुरुङको निधन
नवलपरासी ।  ‘सुस्ता बचाऊ’ अभियानका मुख्य अभियन्ता गोपाल गुरुङको निधन भएको छ । गत पुस ८ गते घरमै बेहोस भएका गोपाललाई त्यसैदिन भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको थियो । मस्तिष्कघात भएका उनको आर्थिक अभावका कारण त्यहीदिन शल्यक्रिया गर्न नसकिएको सुस्ता बचाऊ आन्दोलनका प्रवक्ता रवीन्द्र जयसवालको भनाइ छ । उनले भने, ‘रगत र अपरेशन गर्न पैसा खोज्दाखोज्दै ३ दिन ढिलाभयो । पैसा भैदिएको भए त्यहीदिन अपरेशन हुन्थ्यो ।’ उनको मंगलबार उपचारकै क्रममा अस्पतालमै निधन भएको हो । उनको उपचारमा १० ...

राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्कता अपनाइदैँ

राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्कता अपनाइदैँ
चितवन  । चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको छ ।यही माघ ६ मा चोरी शिकारी गर्नेहरुले गैँडा मारेपछि निकुञ्जले गैँडा संरक्षणका लागि उच्च सर्तकता अपनाएको हो ।निकुञ्जका अनुसार २०७८ साउनपछि चोरी शिकारीका कारण गैँडा मरेका थिएनन् । शिकारीले गैँडा मार्न थालेपछि उच्च सर्तकता अपनाउन थालिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । उहाँका अनुसार निकुञ्ज क्षेत्रभित्रका २२ वटा उपभोक्ता समिति अन्र्तगत रहेका चोरी शिकारी नियन्त्र...

गैँडाकोट जेसीजको १६ औं पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

गैँडाकोट जेसीजको १६ औं पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
गैँडाकाेट ।  गैंडाकोट जेसीजको १६ औं पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गैंडाकोट २ मा रहेको द नारायणी रिसोर्टमा  भब्य समारोहका बिच पदस्थापन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गैंडाकोट जेसीजले बिगतमा पनि ब्यक्तित्व बिकास र नेतृत्व बिकासका लागी विभिन्न कार्यक्रमहरु गरेको बताउदै आगामी दिनहरुमा पनि गैंडाकोट जेसीजको भबन निर्माण लगायतका अन्य कामहरुमा गैंडाकोट नगरपालिकाले सहकार्य गर्ने बताउनु भयो।...

चौथो देवचुली महोत्सवमा आज चर्चित गायिका भूमिका गिरी आउने

चौथो देवचुली महोत्सवमा आज चर्चित गायिका भूमिका गिरी आउने
नवलपुर । चौथो देवचुली महोत्सवको आज पाँचौ दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका भूमिका गिरी आउने भएकी छिन् । गायिका गिरी सहित सुनिल पण्डित, ढाकाराम पौडेल र सञ्जय देवकोटा लगायतको उपस्थिति रहने छ । गिरीको देउरालीमा र चोली मैलो भो जस्ता थुप्रै निकै चर्चित गित रहेका छन् । देवचुली उद्योग वाणिज्य संघको आयोजनामा गत माघ ५ गते देखि सुरु भएको महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछन्। महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, ...

चितवनमा माघ भित्रै सवारी लाइसेन्स दिनेगरी काम अघि बढ्दै

चितवनमा माघ भित्रै सवारी लाइसेन्स दिनेगरी काम अघि बढ्दै
चितवन–यातायात व्यवस्था कार्यालय चितवनले माघ महिनामै सवारी चालक अनुमति पत्र दिनेगरी काम अघि बढाएको छ। सद्गुरु मोटर ड्राइभिङले हालेको मुद्धामा सर्वोच्च अदालतले उत्प्रेषणको आदेश जारी नगरेपछि यातायात कार्यालयले ट्रायल सेन्टरसँग सम्झौता गरीसकेको छ। शुन्य रुपैयाँमै ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गरेको महालक्ष्मी ट्रायल सेन्टरसँग यातायात कार्यालयले सम्झौता गरेको हो। एक पैसा शुल्क लिने प्रस्ताव पेश गरेको सद्गुरु छनौटमा नपरेपछि उसले सर्वोच्चमा यातायात कार्यालय र महालक्ष्...

कोटीहोम आश्रमले पितौजीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ गर्ने

कोटीहोम आश्रमले पितौजीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ गर्ने
गैँडाकोट । श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ गर्ने भएकाे छ ।  आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गर्न लागिएको हो । यही माघ २३ गतेदेखि फागुन १ गतेसम्म कोटीहोम आश्रमको प्रागणमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलको प्रमुखवाचकत्वमा महायज्ञ हुने आयोजक समितिका संयोजक राजेन्द्...

मातृभूमि टोल विकास समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम

मातृभूमि टोल विकास समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम
गैंडाकोट नगरपालिका वडा नं ५ मा रहेको मातृभूमि टोल विकास समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम निर्वाचन समितिका संयोजक गोविन्द रिमालको अध्यक्षतामा गैंडाकोट रिसोर्टमा सम्पन्न भएको छ । संस्थाको तेस्रो अधिवेशनले ईश्वरीप्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ । कार्यक्रममा वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले बधाई तथा शुभकामना मन्तव्य राख्दै टोललाई नमुनायोग्य बनाउन आग्रह गर्नुभयो । कार्यपालिका सदस्य शान्ति न्यौपानेले टोल समितिले स्थानीय निकाय...

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु
काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं।को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्ष...