मातृभूमि टोल विकास समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम
गैंडाकोट नगरपालिका वडा नं ५ मा रहेको मातृभूमि टोल विकास समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम निर्वाचन समितिका संयोजक गोविन्द रिमालको अध्यक्षतामा गैंडाकोट रिसोर्टमा सम्पन्न भएको छ । संस्थाको तेस्रो अधिवेशनले ईश्वरीप्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ ।
कार्यक्रममा वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले बधाई तथा शुभकामना मन्तव्य राख्दै टोललाई नमुनायोग्य बनाउन आग्रह गर्नुभयो । कार्यपालिका सदस्य शान्ति न्यौपानेले टोल समितिले स्थानीय निकाय...


