×

नवलपुर । चौथो देवचुली महोत्सवको आज पाँचौ दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका भूमिका गिरी आउने भएकी छिन् । गायिका गिरी सहित सुनिल पण्डित, ढाकाराम पौडेल र सञ्जय देवकोटा लगायतको उपस्थिति रहने छ । गिरीको देउरालीमा र चोली मैलो भो जस्ता थुप्रै निकै चर्चित गित रहेका छन् ।

देवचुली उद्योग वाणिज्य संघको आयोजनामा गत माघ ५ गते देखि सुरु भएको महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछन्।

महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, जातीय पहिचान झल्कने घर, औद्योगिक उत्पादनहरूको प्रदर्शनी सँगै कृषि र पर्यटनको सिकाइ प्रदर्शनीहरू रहेको छ । महोत्सव देवचुली १७ फारम बरचुली मा।विको खुल्ला मैदानमा सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया