नागरिकताको विषयमा अनुसन्धान भइरहेको छ, अहिले बोल्दिनँः रवि लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफ्नो नागरिकता र पासपोर्टको विषय अनुसन्धानको क्रममा रहेको कारणले अहिले त्यसबारे बोल्न नपर्ने बताएका छन्। संघीय संसद् भवनमा शपथ ग्रहण गरिसकेपछि संचारकर्मीसँगको कुराकानीको क्रममा उनले सो कुरा बताएका हुन्। आफूले निर्वाचन आयोगले मागेको सबै कागजात बुझाएको प्रष्ट्याउँदै अधिकार सम्पन्न निकायले बोलाएको खण्डमा जुनुसुकै बेलामा पनि उपस्थित हुने उनले बताए।
‘मैले निर्वाचन आयोगमा मैले यसबारे सबै कुराहरु बुझाएको छु। आयोगले त्यसमा...
