नवलपुरमा २८ कोष्ठरोगी उपचाररत , सबैभन्दा बढी गैँडाकाेटमा
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको पुस मसान्तसम्म नौ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि पुससम्म जिल्लामा नौ जना नयाँ कुष्ठरोगी पहिचान भएको जनाइएको छ ।
जिल्लामा अहिले नयाँ र पुराना गरी २८ कुष्ठरोगीले औषधि सेवन गरिरहेका छन् । औषधि सेवन गरिरहेका कुष्ठरोगीमध्ये १२ पुरुष र १६ महिला रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो ।
“अहिले गैँडाकोट नगरपालिकामा १२ जना कुष्ठरोगी रहनुभए...


