×

नवलपुर विशेष

नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग

नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुर – नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक साना उद्योग धेरै छन् । नवलपुर कृषि र पर्यटनको सम्भावना भएको जिल्ला भएकाले यसतर्फ नयाँ उद्योग दर्ता हुने क्रम बढेको छ । राज्यले कृषिमा दिने अनुदान सहयोगका कारणसमेत यस्ता खालका उद्योग दर्ताको क्रम बढेको हुनसक्ने पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले ब...

गैंडाकोटमा महिला सशक्तीकरण र नेतृत्व विकास सम्बन्धि ३ दिने तालिम सम्पन्न

गैंडाकोटमा महिला सशक्तीकरण र नेतृत्व विकास सम्बन्धि ३ दिने तालिम सम्पन्न
नवलपुर । गैंडाकोट ५ को मातृभूमि टोल विकास संस्थाको आयोजना तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्राविधिक सहयोगमा महिला सशक्तीकरण र नेतृत्व विकास सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले मातृभूमि टोल विकास संस्थाको कार्यप्रति प्रशंसाा व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार गोविन्द रिमाल, महालक्ष्मी लाइफ इ...

गैँडाकाेट ५ काे मातृभूमि टोलका महिलाहरुका लागि नेतृत्व विकास सम्बन्धि तालिम सुरु

गैँडाकाेट ५ काे  मातृभूमि टोलका महिलाहरुका लागि नेतृत्व विकास सम्बन्धि तालिम सुरु
गैंडाकोट । गैंडाकोट ५ को मातृभूमि टोल विकास संस्थाको आयोजना तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्राविधिक सहयोगमा महिला सशक्तीकरण र नेतृत्व विकास सम्बन्धि ३ दिने तालिम शुभारम्भ गरिएको छ । सबै महिला दिदीबहिनीको क्षमता अभिवृद्धिमा आफ्नो ध्यान केन्द्रित भएको भन्दै कार्यक्रमका अध्यक्षसमेत रहेका संस्थाका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेले सफल सहभागीलाई पुनः दोस्रो चरणमा समावेश गरिने जानकारी समेत दिनुभयो । कार्यक्रममा सल्लाहकार केशवप्रसाद सापकोटा, महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखा ...

गैंडाकोट नगरपालिकाको १२ औं नगरसभा आज बस्दै

गैंडाकोट नगरपालिकाको १२ औं नगरसभा आज बस्दै
गैँडाकोट । नवलपुरको गैंडाकोट नगरपालिकाको १२ औं नगरसभा आज बस्ने भएको छ । विहान ११ वजेका लागि बोलाइएको नगरसभामा विभिन्न पाँचवटा ऐनहरु पेश गर्ने कार्यसूचि रहेको नगरपालिकाले जनाएको छ । नगर सभामा गैंडाकोट नगरपालिकाको नगर खेलकुद विकास ऐन, २०७९, गैंडाकोट नगरपालिकाको नगर प्रहरी ऐन, २०७९, गैंडाकोट नगरपालिकाको सहकारी ऐन, २०७९, गैंडाकोट नगरपालिकाको नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७९ र गैंडाकोट नगरपालिकाको जलस्रोत विकास ऐन, २०७९ पेश गर्ने कार्यसूची रहेको छ । जलस्रोत विकास ऐन, २०७९ पेश गर...

सालको काठसहित गैँडाकोटबाट तीनजना पक्राउ

सालको काठसहित गैँडाकोटबाट तीनजना पक्राउ
गैँडाकोट । नवलपुरको गैँडाकोटबाट २५ क्युफिट अवैध सालको काठसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैँडाकोट ४ का ३२ वर्षका राजु परियार, तनहुँ रिसिङ गाँउपालिका वडा नं. ६ का ३५ वर्षका रविन रानाभाट र बुलिङटार गाउँपालिका वडा नं. १ का ३६वर्षका प्रेम कुमार मगर रहेको नवलपुर प्रहरीले जनाएको छ । गैंडाकोट नगरपालिका वडा नं. ४ झपर्दी स्थित सिता रानाभाटको घरको आँगनमा त्रिपालले छोपेर राखेको अवस्थामा काठ सहित उनिहरु पक्राउ परेका हुन् ।काठ ओसारपसारमा सहभागि उनिहरुलाई आवश्यक कारबाहीको ...

गैँडाकोटमा लागुऔषध सहित २ जना पक्राउ

गैँडाकोटमा लागुऔषध सहित २ जना पक्राउ
गैँडाकोट । लागुऔषध सहित गैँडाकोटमा २ जना पक्राउ परेका छन् । पश्चिमबाट पूर्वतर्फ जान आउदै गरेको यात्रुबाहक बसमा सवार गैँडाकोट २ का ३९ वर्षका सन्जु राई र कावासोती ३ का ३४ वर्षका भिम महतो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनिहरुको साथबाट लागुऔषध डाइजेपाम– १४९ एम्पुल, नुफिर्न–१४६ एम्पुल, फेनार्गन–१५० एम्पुल गरी जम्मा ४४५ एम्पुल लागुऔषध .फेला पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनलाई हाल इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखेर अनुसन्धान थालिएको जिल्...

चुनौतीपूर्ण अवस्थामा छु, मैले देशलाई नयाँ उत्साह दिनैपर्छ : प्रचण्ड

चुनौतीपूर्ण अवस्थामा छु, मैले देशलाई नयाँ उत्साह दिनैपर्छ : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री बनेको बताएका छन् । आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै आफूले देशलाई नयाँ उत्साह दिनुपर्ने बताए । उनले भने, ‘अर्थतन्त्रको स्थिति तपाईंहरूलाई थाहा नै छ । समाज निराशातिर जाने हो कि भन्नेखालका आशंका छन् । यस्तो परिस्थितिमा मैले सरकारको नेतृत्व गरेको छु । तसर्थ, हामीले देशलाई नयाँ उत्साह दिनुपर्नेछ । शिक्षा, स्वास्थ्य, रोजगारी...

नवलपुरमा २८ कोष्ठरोगी उपचाररत , सबैभन्दा बढी गैँडाकाेटमा

नवलपुरमा २८ कोष्ठरोगी उपचाररत , सबैभन्दा बढी गैँडाकाेटमा
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)  मा चालु आर्थिक वर्षको पुस मसान्तसम्म नौ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि पुससम्म जिल्लामा नौ जना नयाँ कुष्ठरोगी पहिचान भएको जनाइएको छ । जिल्लामा अहिले नयाँ र पुराना गरी २८ कुष्ठरोगीले औषधि सेवन गरिरहेका छन् । औषधि सेवन गरिरहेका कुष्ठरोगीमध्ये १२ पुरुष र १६ महिला रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो । “अहिले गैँडाकोट नगरपालिकामा १२ जना कुष्ठरोगी रहनुभए...

नागरिकता लिएपछि रवि लामिछाने फेरी गृहमन्त्री बन्ने

नागरिकता लिएपछि रवि लामिछाने फेरी गृहमन्त्री बन्ने
काठमाडौं ।  निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनःप्राप्ति प्रक्रिया थाल्ने भएका छन् । अहिले सर्वोच्चले नेपाली नागरिकता पुनःप्राप्ति प्रक्रिया अपनाउनुपर्ने फैसला गरेसँगै लामिछानेले नेपाली नागरिकता पुनःप्राप्ति प्रक्रियामा जाने तयारी गरेको स्रोतको दावी छ । सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गएको थियो । उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनःप्राप्ति प्रक्...