×

नवलपुर विशेष

पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
काठमाडौँ । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । उक्त न्यूनतम साझा कार्यक्रमलाई पनि सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

कावासोतीमा बस दुर्घटना हुँदा २१ जना घाईते

कावासोतीमा बस दुर्घटना हुँदा २१ जना घाईते
कावासोती । पुर्व पश्चिम राजमार्गको नारायणघाट कावासोती सडक खण्डको खरकट्टामा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन । बुटवल बाट नारायणगढ तर्फ जाँदै गरेको लु १ ख ३७२ नं को यात्रुबाहाक बसको पट्टा भाचिएर अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनु भएको छ । पाठकका अनुसार घाईतेहरु मध्ये ७ जना मध्यम र अन्य १४ सामान्य घाइते रहेका छ्न दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल पठाईएको तथा बस...

एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । झापा क्षेत्र नम्बर ५(१)  बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।

नवलपुरकाे हुप्सेकोट गाउँपालिकाका अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

नवलपुरकाे हुप्सेकोट गाउँपालिकाका अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा
नवलपुर । नवलपुरकाे हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ । गाउँपालिकाभित्रका अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइ्न् । ‘गाउँपालिकाले सबै नागरिकको सहज स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखेको हुँदा स्वास्थ्य बीमा...

कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज लामो समयपछि एक जनाको मृत्यु भएको हो। नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ।आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्। हाल २१ जना सक्रिय संक्रमित छन्।

एक महिने श्रीस्वस्थानी व्रत कथा आजदेखि सुरु

एक महिने श्रीस्वस्थानी व्रत कथा आजदेखि सुरु
काठमाडौं–आज पौष शुक्ल पूर्णिमा। नेपाली सनातन धर्मावलम्बीले मनाउने एक महिने श्रीस्वस्थानी व्रत आजदेखि सुरु हुँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ। विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्छन् र उनको माहत्म्य सुन्छन्। व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ। यसरी ...

जाडोमा रक्सी पिउँदा ज्यान तात्छ ?

जाडोमा रक्सी पिउँदा ज्यान तात्छ ?
काठमाडौं । जाडोयाम, शरीर न्यानो बनाउने सकस । तातो पानी, चिया-कफी पिइरहँदा पनि केही हदसम्म जाडो कम भएको महसुस हुन्छ । अझ मदिरा सेवन गरे जाडो भाग्छ भन्ने धेरैलाई लाग्छ । जाडोयाममा रम, ह्विस्की जस्ता मदिराको माग बढेको पाइन्छ । विभिन्न वैज्ञानिक अध्ययनअनुसार पनि जाडोको मौसम र बढी जाडो हुने स्थानमा मदिरा सेवन बढी हुने गरेको छ । के साँच्चै जाडोमा रक्सी पिउँदा चिसोको प्रभाव कम हुन्छ रु मदिरा पिउँदा मान्छेले कसरी न्यानो भएको अनुभव गर्छन् ? रक्सी पिएपछि छालाको तहमुनिका नसा के...

अब नवलपुरबाट चितवन निकुञ्जमा जङ्गल सफारी

अब नवलपुरबाट चितवन निकुञ्जमा जङ्गल सफारी
नवलपुर । पर्यटनको प्रचुर सम्भावना रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)  मा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)  बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ट्र्याक खोल्न लागिएको हो । हालसम्म जिल्लाका मध्यवर्ती सामुदायिक वनहरुमा जङ्गल सफारी हुने गरे पनि पहिलो पटक निकुञ्जको कोर एरियामा सफारी गर्ने प्रबन्ध गर्न लागिएको छ । जङ्गल सफारी ट्र्याक जिल्लाको सिख्रौली मध्यवर्ती क्षेत्र, शिसवार मध्...

हेडक्वार्टर तानिए पश्चिम नवलपरासीका एसपी कँडेल

हेडक्वार्टर तानिए पश्चिम नवलपरासीका एसपी कँडेल
नवलपुर ।  पश्चिम नवलपरासीका इन्चार्ज प्रहरी उपरीक्षक ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालय तानिएका छन्।उनलाई सोमबार हेडक्वार्टर तानेर छानबिन गरिएको नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए।उनका अनुसार कमान्ड कन्ट्रोल राम्रो नभएको भन्ने गुनासो आएपछि कँडेललाई छानबिनका लागि तानिएको हो। उनीमाथि आर्थिक अनियमितता गरेको पनि आरोप रहेको डिआइजी राईले बताए। ‘कमान्ड कन्ट्रोलिङ राम्रो नभएको, आर्थिक अनियमिततालगायत केही आरोप आएका हुनाले उनीमाथि छानबिन गर्न ...