देवघाटमा माघे संक्रान्ति मेला व्यवस्थापनको तयारी पुरा
देवघाट । पवित्र धार्मिकस्थल देवघाटमा माघ १ गते लाग्ने माघे संक्रान्ति मेला व्यवस्थापनको तयारी पुरा भएको छ । मेलामा भक्तजनको भिड लाग्ने भएकाले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारीको संयोजकत्वमा मेला व्यवस्थापन मुल समिति २०७९ गठन गरिएको छ ।
मेलामा तीर्थयात्रीलाई सरल, सहज र सुरक्षित होस् भनेर चितवन, तनहुँ र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख र सशस्त्र प्रहरी बलका प्रमुखबीच स...
