
गैँडाकोट । नवलपुरको गैँडाकोटमा २ महिलाले आत्महत्या गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. ५ को भवानी टोल र ओमशान्तिचोकमा २ जना महिलाले आफ्नै कोठाको पंखामा सलको पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
विहान ९ वजे गैँडाकोट ५ ओमशान्तिचोक बस्ने २५ वर्षीया भगवती तामाङ (पुरी) ले र साढे १० वजे गैँडाकोट ५ भवानी टोल बस्ने सोभा क्षेत्री (सुवेदी) ले कोठाको पंखामा सलको पासो लगाएर आत्महत्या गरेका हुन् । प्रहरीले आत्महत्याको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको जनाएको छ ।