
रमेश न्याैपाने
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा माघ २६गतेदेखि हुने राष्ट्रिय स्तरको क्रिक्रेट प्रतियोगिताको प्रचारप्रसारका लागि आज मोटरसाइकल र्याली निकालिएको छ । प्रतियोगितास्थल नवलजागरण विकास केन्द्रको खेलमैदान गैँडाकोट ९ थुम्सीबाट सुरु भएको मोटरसाइकल र्याली गैरी,टोलटोले, शिलान्याचोक, मिलनचोक, नयाँ बजार, झपर्दी, करङघारी, किसानचोक हुँदै पुनः फेरी खैलमैदानमा पुगेको नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोट ९ थुम्सीको आयोजनामा माघ २६ गते (भाेलि ) देखि फागुन १ गतेसम्म आयोजना गर्न लागिएको ‘दोस्रो गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिक्रेट प्रतियोगितामा सहभागिता जनाउन जिल्ला बाहिरका खेलाडीहरु गैँडाकोट आइसकेका छन् । प्रतियोगितामा सहभागि हुने सबै खेलाडिहरुको खाना तथा आवासको व्यवस्थापन गैँडाकोटका विभिन्न होटलहरुका गरिएको छ ।
गण्डकी प्रदेशका ६ जिल्ला तथा नवलपरासी पश्चिम र चितवन सहित विभिन्न आठ जिल्लाबाट खेलाडीहरु ‘दोस्रो गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिक्रेट प्रतियोगितामा सहभागी हुँदैछन् । प्रतियोगिताको उद्घाटन खेल नवलपुर र पर्वत विच हुनेछ ।प्रतियोगितामा विजेता टिमले २ लाख र उपविजेताले १ लाख ५० हजार नगद सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै अन्य विभिन्न विधा म्यान अफ द सिरिजलाई १० हजार,इमर्जिङ प्लेयरलाई ७ हजार,बेस्ट ब्याट्स म्यान,बेस्ट बलर,बेस्ट किपर,बेस्ट फिल्डरलाई ५/५ हजार र म्यान अफ द म्याचलाई १ हजार पाँच सय नगद सहित कप,मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक विष्णुप्रसाद कंडेलले बताउनुभयो ।
नव जागरण खेलकुद मैदानमा हुने प्रतियोगिताको मुख्य प्रायोजक इनाक्षी इन्टरटेनमेन्ट प्रा लि र सापकोटा ट्रान्सपोर्ट अष्ट्रेलिया रहेको छ भने प्रयोजकमा एम्स एब्रोड एजुकेशन र जयश्री फुड्स प्रालि रहेका छन् । त्यसैगरी कर्मा रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर,कालिका रिफाइनरी प्रालि, शुभलक्ष्मी सेनेटरी उद्याोग , स्मार्ट टेक एग्रो एण्ड बायोइनर्जी र नारायणी सामुदायिक वन उपभोक्ता समूहले सहप्रायोजकको रुपमा सहयोग गरेका छन् ।