गैँडाकाेट। नवलपुरकाे गैँडाकाेट ५ मा नेविसंघकाे वडा समिति गठन गरिएकाे छ । समितिकाे सभापतिमा  समितिको सभापति शरद रिमाल, उपसभापतिमा  युमी गिरी, विकेन अधिकारी र दिप्ती कँडेल, सचिवमा सिर्जना रेग्मी र शरद घिमिरे, कोषाध्यक्षमा निशा आचार्य, सहसचिव सुस्मिता शर्मा र सदस्यहरूमा देवेन्द्र खत्री, योगेश वनसन्यासी, सोनिका खत्री, सुजन शर्मा, स्मृति भण्डारी र पूर्णिमा शाही रहनुभएको छ ।

नेविसंघ गैँडाकाेट ५का निवर्तमान सभापति धनराज कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेका जिल्ला नवलपुरका सहसचिव राजेश पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले नेपाली काँग्रेसको आधार स्तम्भ भातृ संघ भएकाले नेविसंघ गठनलाई तदारूकता दिएको बताउनुभयो ।

कार्यक्रममा गैडाकोट नगरसमितिका कोषाध्यक्ष गोपीनाथ खरेल, वडा सभापति लक्ष्मण कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा वडाभित्रका युवा, विद्यार्थी, टोल सभापतिहरू, क्षेत्रीय प्रतिनिधिहरू, क्रियाशील सदस्यलगायत नेताहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया