नवलपुर । नवलपरासी (पूर्व)को गैँडाकोटमा राष्ट्रिय स्तरको क्रिक्रेट प्रतियोगिता आयोजना हुने भएको छ । नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोट ९ थुम्सीको आयोजनामा माघ २६ गतेदेखि फागुन १  गतेसम्म ‘दोस्रो गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिक्रेट प्रतियोगिता २०७९’ आयोजना गर्न लागिएको हो ।केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले विगतका वर्षमा जस्तै यसवर्षपनि मेयरकप टी ट्वान्टी क्रिकेटलाई निरन्तरता दिइएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका ६ सहित नवलपरासी पश्चिम र चितवन सहित विभिन्न आठ जिल्लाबाट खेलाडीहरु ‘दोस्रो गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिक्रेट प्रतियोगितामा सहभागी हुने उहाँले बताउनुभयो ।नवलपुर,बाग्लुङ,पर्वत,नवलपरासी,तनहुँ, स्याङ्जा, कास्की र चितवनको टिमवीच प्रतिस्पर्धा हुने र उद्घाटन खेल नवलपुर र पर्वतवीच हुने प्रतियागिताका संयोजक विष्णुप्रसाद कडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता टिमले २ लाख र उपविजेताले १ लाख ५० हजार नगद सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।त्यस्तै अन्य विभिन्न विधा म्यान अफ द सिरिजलाई १० हजार,इमर्जिङ प्लेयरलाई ७ हजार,बेस्ट ब्याट्स म्यान,बेस्ट बलर,बेस्ट किपर,बेस्ट फिल्डरलाई ५/५ हजार र म्यान अफ द म्याचलाई १ हजार पाँच सय नगद सहित कप,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

नव जागरण खेलकुद मैदानमा हुने प्रतियोगिताको मुख्य प्रायोजकमा ईनाक्षी इन्टरटेनमेन्ट प्रालि र सापकोटा टान्सपोर्ट अष्टेलिया रहेका छन् भने भने प्रयोजकमा जयश्री फुड्स प्रालि र एम्स एब्रोड एजुकेशन रहेका छन् । त्यसैगरी कर्मा रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर,कालिका रिफाइनरी प्रालि, शुभलक्ष्मी सेनेटरी उद्याोग , स्मार्ट टेक एग्रो एण्ड बायोइनर्जी र नारायणी सामुदायिक वन उपभोक्ता समूहले सहप्रायोजकको रुपमा सहयोग गरेका छन् ।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी, गैँडाकोट ९ का वडाअध्यक्ष धामनाथ सापकोटा, नेपाल क्रिक्रेट संघ गण्डकी प्रदेशका कोषाध्यक्ष प्रकाश पौडेल, प्रतियोगिताका सह संयोजक विष्णुप्रसाद कडेल लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया