गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं.२ निवासी समाजसेवी गंगाबहादुर जिसीको हृदयघातका कारण निधन भएको छ । आईतबार साँझ घर नजिकै एक कार्यक्रममा सहभागी हुन पुगेको बेला  अचानक हृदयघात भएको थियो ।
स्थानीय शिव भुसालका अनुसार  ५४ वर्षीय उहाँको आईतबार साँझ नै उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो । उहाँको सोमबार साँझ नारायणी नदीमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।
विभिन्न विद्यालयमा अध्यापन गराएका जिसी पछिल्लो समय बैदेशिक रोजगारी सकेर स्वदेश र्फकनुभएको थियो ।  जिसीका आमा ,श्रीमती, एक छोरा र छोरी हुनुहुन्छ ।
समाज सुधार र भ्रष्टाचारको विरोधमा सकृय हुन थालेका जिसीको निधनले समाजमा अपुरणीय क्षति पुराएको छ ।

तपाईको प्रतिक्रिया