
गैँडाकोट । नवलपुरको गैँडाकोटबाट २५ क्युफिट अवैध सालको काठसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैँडाकोट ४ का ३२ वर्षका राजु परियार, तनहुँ रिसिङ गाँउपालिका वडा नं. ६ का ३५ वर्षका रविन रानाभाट र बुलिङटार गाउँपालिका वडा नं. १ का ३६वर्षका प्रेम कुमार मगर रहेको नवलपुर प्रहरीले जनाएको छ ।
गैंडाकोट नगरपालिका वडा नं. ४ झपर्दी स्थित सिता रानाभाटको घरको आँगनमा त्रिपालले छोपेर राखेको अवस्थामा काठ सहित उनिहरु पक्राउ परेका हुन् ।काठ ओसारपसारमा सहभागि उनिहरुलाई आवश्यक कारबाहीको लागि सव डिभिजन बन कार्यलय गैडाकोटमा पठाइएको प्रहरीले जनाएको छ ।