नवलपुर । गैंडाकोट ५ को मातृभूमि टोल विकास संस्थाको आयोजना तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्राविधिक सहयोगमा महिला सशक्तीकरण र नेतृत्व विकास सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले मातृभूमि टोल विकास संस्थाको कार्यप्रति प्रशंसाा व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार गोविन्द रिमाल, महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखा नारायणगढका प्रमुख राजु थापा, चिफ एजेन्सी म्यानेजर बिमला सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो ।

३० जना सहभागी रहेको सो तालिममा शिवप्रसाद भुषाल र राजु थापाले प्रशिक्षण दिनुभएको हो । संस्थाका उपाध्यक्ष पार्वती रिमालले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजीकरण संस्थाका सचिव विन्दु सापकोटा लामिछानेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया