गैंडाकोट । गैंडाकोट ५ को मातृभूमि टोल विकास संस्थाको आयोजना तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्राविधिक सहयोगमा महिला सशक्तीकरण र नेतृत्व विकास सम्बन्धि ३ दिने तालिम शुभारम्भ गरिएको छ ।

सबै महिला दिदीबहिनीको क्षमता अभिवृद्धिमा आफ्नो ध्यान केन्द्रित भएको भन्दै कार्यक्रमका अध्यक्षसमेत रहेका संस्थाका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेले सफल सहभागीलाई पुनः दोस्रो चरणमा समावेश गरिने जानकारी समेत दिनुभयो ।

कार्यक्रममा सल्लाहकार केशवप्रसाद सापकोटा, महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखा नारायणगढका प्रमुख राजु थापा, चिफ एजेन्सी म्यानेजर बिमला सापकोटा लगायतले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा शिवप्रसाद भुसालको प्रशिक्षण रहेको थियो ।

संस्थाका सल्लाहकार गोविन्द रिमाल, समुन्नति टोल समितिका अध्यक्ष सरोज कँडेल, इन्द्रराज पौडेललगायतको उपस्थिति रहेको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष पार्वती रिमालले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजीकरण संस्थाका सचिव विन्दु सापकोटा लामिछानेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया