
गैँडाकोट । नवलपुरको गैंडाकोट नगरपालिकाको १२ औं नगरसभा आज बस्ने भएको छ । विहान ११ वजेका लागि बोलाइएको नगरसभामा विभिन्न पाँचवटा ऐनहरु पेश गर्ने कार्यसूचि रहेको नगरपालिकाले जनाएको छ ।
नगर सभामा गैंडाकोट नगरपालिकाको नगर खेलकुद विकास ऐन, २०७९, गैंडाकोट नगरपालिकाको नगर प्रहरी ऐन, २०७९, गैंडाकोट नगरपालिकाको सहकारी ऐन, २०७९, गैंडाकोट नगरपालिकाको नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७९ र गैंडाकोट नगरपालिकाको जलस्रोत विकास ऐन, २०७९ पेश गर्ने कार्यसूची रहेको छ । जलस्रोत विकास ऐन, २०७९ पेश गर्ने कार्यसूची रहेको छ ।