गैँडाकोट । लागुऔषध सहित गैँडाकोटमा २ जना पक्राउ परेका छन् । पश्चिमबाट पूर्वतर्फ जान आउदै गरेको यात्रुबाहक बसमा सवार गैँडाकोट २ का ३९ वर्षका सन्जु राई र कावासोती ३ का ३४ वर्षका भिम महतो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उनिहरुको साथबाट लागुऔषध डाइजेपाम– १४९ एम्पुल, नुफिर्न–१४६ एम्पुल, फेनार्गन–१५० एम्पुल गरी जम्मा ४४५ एम्पुल लागुऔषध .फेला पारिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनलाई हाल इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया