×

गैँडाकोट । गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको प्रथम कविता तथा चित्रकला प्रतियोगितामा क्रमश अन्जान प्रदिप र दामोदर बराल प्रथम भएका छन् ।कविता प्रतियोगिता तर्फ निमा पौडेल तिवारी दोस्रो, टंकराज ढकाल तेस्रो र सर्मिला सापकोटाले सान्त्वना स्थान हाँसिल गर्नुभएको प्रतिष्ठानका सदस्यसचिव भिमप्रसाद शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी चित्रकला प्रतियोगिता तर्फ बरुणबाबु घिमिरे दोस्रो र शुसील गुरुङले तृतीय स्थान हाँसिल गर्नुभएको उहाँले बताउनुुभयो । चित्रकला तर्फ तिर्थ पाण्डे र प्रमेश कंडेलले सान्त्वना हुनुभयो ।प्रतियोगितामा प्रथम द्धितीय, तीतृय र सान्त्वना स्थान प्राप्त गर्नेहरुलाई क्रमश १५हजार, १२ हजार, ८ हजार र ५ हजार नगद रुपैँया सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

शान्त, सुन्दर र सम्मुनत गैँडाकोट विषयमा केन्द्रित रहेर आयोजना गरिएको कविता तथा चित्रकला प्रतियोगिता गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको प्रमुख आतिथ्यता तथा गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका संयोजक गोविन्दराज विनोदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकाे विशिष्ट अतिथिमा उपमेयर शान्ति काेईराला र किसान साकाेसका अध्यक्ष श्रीहरि चालिसे र साहित्यकार चुरामणी बन्धु रहनुभएकाे थियाे ।

प्रमुख अतिथि गैंडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले भर्खरै मात्र स्थापना भएको प्रज्ञा प्रतिष्ठानलाई कला, संगित, संस्कृति, भाषा र साहित्यको क्षेत्रमा काम गर्न नगरले सबै किसिमका सहयोग उपलब्ध गराउने बताउनुभयाे । साे अवसरमा बाेल्दै किसान साकाेसका अध्यक्ष श्रीहरि चालिसेले कला र स‌ंस्कृतिकाे सरक्षणका लागि किसान सदैव लागिरहने बताउनुभयाे ।

समाजमा रहेकाे बाैद्धिक सम्पत्ती संरक्षण गर्ने उदेश्यलेकिसान साकाेसले स्थापना गरेकाे  किसान ग्यालरीमा सम्पन्न भएकाे प्रतियाेगिताकाे निर्णायकहरुमा प्रकाश थापा, रामहरी श्रेष्ठ, कपिलअज्ञात, प्रकाश चापाँगाई र इन्द्रराज पाैडेल रहनुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया