गैँडाकाेट ।  गैंडाकोट जेसीजको १६ औं पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गैंडाकोट २ मा रहेको द नारायणी रिसोर्टमा  भब्य समारोहका बिच पदस्थापन कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गैंडाकोट जेसीजले बिगतमा पनि ब्यक्तित्व बिकास र नेतृत्व बिकासका लागी विभिन्न कार्यक्रमहरु गरेको बताउदै आगामी दिनहरुमा पनि गैंडाकोट जेसीजको भबन निर्माण लगायतका अन्य कामहरुमा गैंडाकोट नगरपालिकाले सहकार्य गर्ने बताउनु भयो।

कार्यक्रममा विशिष्ट अतिथि गैंडाकोट नगरपालिका नगरउपप्रमुख शान्ति कोइरालाले गैंडाकोट जेसिज सङ्ग गैंडाकोट नगरपालिका सहकार्य गरेर अगाडी बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा नेपाल जेसीजकी राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रजनी थापाले गैंडाकोट जेसीजका पुर्ब अध्यक्ष ज्यु हरुको उत्प्रेरणाले आफु आज यो स्थानमा पुगेको बताउदै आगामी दिनमा पनि गैंडाकोट जेसीजको थप प्रगतिको कामना व्यक्त गर्नु भयो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नदै नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष राधिका भुसालले गैंडाकोट जेसीजले आफुलाई धेरै कुरा सिकाएको बताउदै बर्ष २०२३ लाई पनि सफलताको कामना गर्नुभयो ।पद स्थापन कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष शंकर अधिकारिको टिमले बर्ष २०२३ का अध्यक्ष रोजन घिमिरे लगायत उहाँको टिमलाई पद हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा बर्ष २०२२ मा उत्कृष्ट कार्य सम्पादन गरे बापत अध्यक्ष शंकर अधिकारीले सम्मानित तथा पुरस्कार वितरण गर्नु भएको थियो । बर्ष २०२२ का इभेन्ट म्यानेजमेन्ट कोअर्डिनेटर अजय पौडेलले सजिकरण गर्नु भएको कार्यक्रमको संयोजक बिपिन सापकोटा रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया