गैंडाकोट नगरपालिका वडा नं ५ मा रहेको मातृभूमि टोल विकास समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम निर्वाचन समितिका संयोजक गोविन्द रिमालको अध्यक्षतामा गैंडाकोट रिसोर्टमा सम्पन्न भएको छ । संस्थाको तेस्रो अधिवेशनले ईश्वरीप्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ ।

कार्यक्रममा वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले बधाई तथा शुभकामना मन्तव्य राख्दै टोललाई नमुनायोग्य बनाउन आग्रह गर्नुभयो । कार्यपालिका सदस्य शान्ति न्यौपानेले टोल समितिले स्थानीय निकायसँग समन्वय गरेर कार्य गर्नुपर्ने बताउनुभयो । त्यसैगरी वडा नं ५ का न्यायिक समिति संयोजक द्रोण वनले अन्य अनुकरणीय संस्थाहरूको अवलोकनमार्फत टोललाई समृद्ध बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व सल्लाहकार समिति संयोजक केशवप्रसाद सापकोटा, वडा सदस्य तुलसीराम गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ईश्वरीप्रसाद घिमिरेले प्रतिबद्धता मन्तव्य राख्दै वडा र नगरपालिकासँग सहकार्य गरेर नमुना टोल बनाउन लागिपर्ने बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष ईश्वरीप्रसाद घिमिरे, उपाध्यक्ष पार्वती रिमाल, सचिव विन्दु सापकोटा, कोषाध्यक्ष सुधा ज्ञवाली, सदस्यहरूमा हरिबहादुर कुँवर, राम तामाङ, विष्णु सापकोटा रिमाल, हरि अधिकारी, मदन ढकाल, चुन्नप्रसाद न्यौपाने, दिप्ती कँडेल रहनुभएको छ । गोविन्द रिमाल संयोजक रहनुभएको निर्वाचन समितिमा कृष्ण पाण्डे र इन्द्रराज पौडेल सदस्य रहनुभएको थियोे । कार्यक्रमको सहजीकरण इन्द्रराज पौडेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया