रवि लामिछानेको नागरिकताबारे छानबिन गर्न अख्तियारद्धारा गृह र परराष्ट्रलाई पत्राचार
चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको उनले बताए।
आयोगले गैरकानुनी सम्पत्ति आर्जन, सरकारी स्रोतको...
